• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

  •  मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

मनहरी (मकवानपुर) । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाइने उहाँले बताउनुभयो ।

“सरकारबाट नै पहिलो चरणमा अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौँ”, प्रमुख मिजारले भन्नुभयो, “स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुरुप खोपको मात्रा माग गरेका छौँ, सोही अनुरुप माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गतेसम्ममा खोप अभियान सञ्चालन गर्नेछन् ।”

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालयबाहिरका एक सय पाँच गरी ११ हजार एक सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । जिल्लाको इन्द्रसरोवरमा विद्यालयका चार सय ४८ र विद्यालयबाहिरका ३८ गरी चार सय ८६, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ र विद्यालयबाहिरका ६१ गरी एक हजार ७३, थाहा नगरपालिकामा विद्यालयका एक हजार आठ सय १६ र विद्यालयबाहिरका ७३ गरी एक हजार आठ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताउनुभयो ।

त्यसैगरी, भीमफेदीमा विद्यालयका आठ सय ११ र विद्यालयबाहिरका ३३ गरी आठ सय ४४, मनहरीमा विद्यालयका दुई हजार दुई सय र विद्यालयबाहिरका ६२ गरी दुई हजार दुई सय ६२, राक्सिराङमा विद्यालयका सात सय ७९ र विद्यालयबाहिरका १९ गरी सात सय ९८, कैलाशमा विद्यालयका नौ सय २२ र विद्यालयबाहिरका ७९ गरी एक हजार एक जनालाई खोप लगाइने उहाँले बताउनुभयो ।

यसैगरी, बागमतीमा विद्यालयका एक हजार तीन सय सात र विद्यालयबाहिरका ३२ गरी एक हजार तीन सय ३९ र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ र विद्यालयबाहिरका एक सय ५२ गरी एक हजार आठ सय ४८ किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताउनुभयो ।

“जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौँ, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौँ”, प्रमुख मिजारले भन्नुभयो, “हामीले सिकोलिन नामक खोप लगाउने हौँ, स्वास्थ्यकर्मीबाट शून्य दशमलव पाँच मिली खोप मासुमा लगाउने हो ।”

यो खोप सरकारले आव २०८२÷८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ । सोही अनुरुप आगामी दिनमा १४ वर्षमाथिका उमेर समूहलाई पनि यो खोप आउने उहाँले बताउनुभयो । बागमती प्रदेशमा भने दुई लाख १८ हजार पाँच सय ५९ जनालाई खोप लगाइनेछ । रासस

मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.