जनकपुरधाम । यही २२ गते देखि क्यान्सर रोग विरुद्धको किशोरीलाई दिने खोप अभियानको सम्पूर्ण तयारी मधेश प्रदेशमा पुरा भएको छ ।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश समन्वय बैठकमा पाठे घरमा लाग्ने क्यान्सर रोगका कारणले नेपालमा २४ घण्टामा ४ जना महिलाको मृत्यु भइरहेको बेलामा सञ्चालन हुन लागेको खोप कार्यक्रम क्यान्सर रोगलाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण हुने भएको छ । १० वर्ष देखि १४ वर्षको सबै किशोरीहरूलाई खोप दिन थालेकाले खोप लिनका लागि सबै प्रदेशवासीमा स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले जानकारी दिनु भएको हो ।
उहाँले खोप सहितका अन्य आवश्यक सामाग्रीहरू मधेश प्रदेशका सबै जिल्लाहरूमा पठाउने काम भइसकेको बताउँदै यो खोप निक्कै महँगो हुनुका साथै महत्वपूर्ण भएकाले खोप लिनबाट कोही पनि किशोरी नछुटुन् भन्ने तर्फ अभिभावक तथा शिक्षक सचेत रहन जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका जिल्लाहरूमा रहेका ३ हजार ३ सय २५ सामुदायिक तथा संस्थागत विद्यालय र विद्यालय बाहिर रहेका ३ लाख ६९ हजार १ सय २४ किशोरीलाई पाठेघरमा लाग्ने क्यान्सर रोगका विरुद्धमा एचपिभि खोप दिन लागेको स्वास्थ्य निर्देशनालयका खोप संयोजक खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिनु भयो
