• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

यौन तथा प्रजनन स्वास्थ्य शिविर : महिलाको प्रजनन प्रणालीमा समस्या

  •  मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

बैतडी । जिल्लास्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पिआइडी समस्या देखिएको छ । पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा उक्त समस्या देखिएको हो ।

पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा उपचारमा आएकामध्ये ५० प्रतिशत महिलामा पिआइडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताउनुभयो ।

तीनै ठाउँमा झन्डै ५०० महिलाले सेवा लिएका र तीमध्ये आधामा उक्त समस्या देखिएको हो । उहाँले भन्नुभयो, “शिविरमा आएर जाँच गर्दा महिलामा पिआइडीको समस्या देखियो र उनीहरूको उपचार गरिएको छ । पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्कलगायत कारणले प्रजनन प्रणालीमा सङ्क्रमणको समस्या देखिने गर्दछ ।”

यस्तै शिविरमा उपचारका लागि आएकामध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएको छ । पाठेघरमा मासु पलाउने, हार्माेन गडबडीलगायत कारणले यस्तो समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएका चार जनालाई सुविधासम्पन्न अस्पातलमा उपचारका लागि रेफर गरिएको छभने दुई जनामा क्यान्सरको आशङ्का गरिएकाले उनीहरूलाई पनि थप उपचारका लागि रेफर गरिएको भट्टले बताउनुभयो ।

यसका साथै शिविरमा आएकामध्ये पाँच प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । तीमध्ये तीन जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छभने अन्यलाई रिङ पेसरी राखेर उपचार गरिएको छ । गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौँ भारी बोक्नु, जन्मान्तर कम हुनुलगायत कारणले महिलामा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । शिविरमा आएका १५ प्रतिशतमा महिलामा पिसाब नलीको सङ्क्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनुलगायत कारणले उनीहरूमा यो समस्या देखिएको बताइएको छ ।

त्यसैगरी, शिविरमा आएकामध्ये १० प्रतिशतमा ग्यास्ट्रिकको समस्या देखिएको छ । समयमा खाना नखानु, खाली पेटमा दूध चिया पिउनु, भोको बस्नुलगायत कारणले ग्यास्ट्रिकको समस्या बल्झिने गरेको डा नीता तिमिल्सिनाले बताउनुभयो । शिविरमा उपचारका लागि आएका महिलाको अल्ट्रासाउण्ड गर्दा केहीमा पत्थरीको समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा सुरेशबहादुर विष्टले बताउनुभयो । यस्तो समस्या देखिएकालाई प्रशस्त मात्रामा पानी पिउनुपर्ने सुझाव दिनुभएको छ ।

गाउँघरकै स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविर आयोजना गरेका हौँ । यो शिविरले केही हदसम्म महिलालाई सहयोग पुगेको र आगामी दिनमा पनि शिविरका लागि पहल गरिनेछ ।”

पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र वसन्तपुर स्वास्थ्यचौकीमा उक्त शविर सञ्चालन भएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नीता तिमिल्सिना, डा रेजिना खड्का, डा सुरेशबहादुर विष्टलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । रासस

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.