• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

पुस्पाञ्जली हस्पिटल प्रा लि र उद्योग वाणिज्य संघ चितवन बीच स्वास्थ्य सेवा सहुलियतबारे सम्झौता

  •  बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
चितवन । पुस्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर र उद्योग वाणिज्य संघ चितवन बीच स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा दुई संस्थाका प्रतिनिधि बीच सेवा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

आज भयको सम्झौता अनुसार पुस्पाञ्जली हस्पिटल प्रा.लि.मा सेवा लिन आउने संघका सदस्यहरूले बेडचार्ज,प्रयोगशाला सेवा ,इसिजि,मुटुको भिडियो एक्सरे, भिडियो एक्सरे,एक्सरे लगायतको सेवामा २५ प्रतिशत तथा अप्रेशन सेवा,सिटिस्क्यान र क्याविन सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ७ प्रतिशत सहुलियत प्राप्त गर्नेछन् । साथै संघका सदस्यसहित उनीहरूका परिवारका सदस्यहरूले समेत यो सुविधा पाउने हस्पिटलका प्रवन्धक सञ्चालक सुजनराज अधिकारीले जानकारी दिनुभयो। सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हस्पिटलका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले उद्योग वाणिज्य संघ चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा आफू र हस्पिटल परिवार निकै खुशी भयको बताउँदै पछिल्ला दिनहरुमा स्वास्थ्य सेवा र सचेतना अभियानमा संग – संगै सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नु भएको थियो।

सम्झौता पत्रमा पुस्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरका प्रबन्धक सञ्चालक सुजनराज अधिकारी र संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको थियो। सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी,उपाध्यक्ष राजेन्द्र ओली,कार्यकारी निर्देशक निलबहादुर केसी,पुस्पाञ्जली हस्पिटल प्रा. लि.का सामाजिक इकाई प्रमुख केदार सुवेदी,व्यवस्थापक सुमन खनाल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

पछिल्लो समय यो अस्पताल १०० शैयाको आधुनिक भवन र विशिष्टकृत विषेशज्ञ सेवा सहित सामाजिक कार्यमा यसैगरी लागि परिरहेको हस्पिटलका व्यवस्थापक सुमन खनालले बताउनुभयो।

बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.