चितवन । पर्यटन कार्यालय सौराहा चितवनको आयोजना तथा बकुलहर रत्ननगर अस्पतालको प्राविधिक सहयोगमा भरतपुरस्थित देवघाट बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
संस्थाको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत धार्मिक पर्यटकीय स्थल देवघाटमा स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको कार्यालयका प्रमुख प्रेमप्रसाद ढकालले जानकारी दिनुभयो । शिविरमा ९२ जना सेवाग्राहीकोे स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।
बुकलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञावलीको नेतृत्वमा डा.रमेश पौडेल,डा.विकास पाण्डे,डा.शशांक सिंह,डा.सविन आचार्य र प्रयोगशालाकर्मी सुरज अधिकारी लगायतको मेडिकल टिमले शिविरमा सेवा प्रदान गर्नुभएको हो ।
शिविरमा स्त्री तथा प्रसूति रोग,नाक,कान,घाँटी,मधुमेह,उच्च रक्तचाप,पिसाबमा प्रोटिन जाँच गरिएको सुरज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा सीताराम संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल प्रमुख अतिथि तथा पर्यटन कार्यालय सौराहाका प्रमुख ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शिविर कार्यक्रम सञ्चालन अस्पतालका ल्याब टेक्निसियन निरीक्षक सुरज अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
