• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

मस्तिष्क मृत्यु भएकाबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण

  •  आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अङ्गमध्ये एउटा मिर्गौला र कलेजो एकजनालाई र आर्को मिर्गौला एकजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताउँदै भन्नुभयो, “मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अङ्गमध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ । उहाँको स्वास्थ्य अवस्था सुधार छ, अबको केही दिनमा उपचार सकेर घर फर्किनुहुन्छ ।”

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे र डा प्रवीण महर्जनको सहयोग तथा मिर्गौला प्रत्यारोपणमा डा दिपेश श्रेष्ठ, डा रुपेशकुमार झा, डा हरिप्रसाद बराल, डा रोजन अधिकारी, डा विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, नेफ्रोलोजी विभागबाट डा कल्पनाकुमारी श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष सुवेदी र डा विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मीले सहफलतापूर्वक प्रत्यारोपण गर्नुभएको थियो ।

मस्तिष्क मृत भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गाैला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको भएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि छ जनाको मृत्यु हुने गरेको भन्दै काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकामा उनीहरूको अङ्ग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने अस्पतालले जनाएको छ ।

एकजना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जनामा अङ्ग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।

मस्तिष्क मृत्यु पश्चातको अङ्गदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदानबाट हुनसक्ने र देश अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो ।

केन्द्रले विसं २०७३ मङ्सिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । नेपाली टोलीबाट विसं २०७५ कात्तिक १२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो ।

केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ ।

केन्द्रले देशमा पहिलोपटक विसं २०७४ वैशाख २८ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो । त्यसपछि हालसम्म छ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा तीन सय शय्याको अस्पताल बनाउन जग्गा माग

पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाइएको बताउँदै बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा सेवा सुरु गरिसकेको जानकारी दिनुभयो ।

प्रत्याारोण सेवा विस्तारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सङ्घीय सरकारको घोषणा कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँदै उहाँले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट तीन सयदेखि पाँच सय शय्याको भवन बनाउने योजना अलपत्र परेको गुनासो गर्नुभयो ।

भक्तपुर इँटा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा वा सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका–८ सुडालको जग्गामध्ये कुनै एक ठाउँको जग्गा प्राप्त गर्न सके भवन निर्माण यथाशीघ्र हुने श्रेष्ठले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अङ्ग फेल भएका गरिब नेपाली जनताको ज्यान बचाउन सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हालसम्म आफ्नै जग्गा र भवन छैन । अहिले उपलब्ध भवन अत्यन्तै साँघुरो छ । केन्द्रले तीन सय शय्याको भवन बनाउन सक्षम छ । उपयुक्त जग्गा तत्काल उपलब्ध गराउन लागि सरकारसँग माग गर्दछु ।” रासस

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.