• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

माडीको स्वास्थ्य सेवामा झण्डै तीन दशक बिताएका गोविन्द

  •  बुधबार, जेठ २१, २०८२ मा प्रकाशित

चितवन । कुनैपनि मानिसले कुनै क्षेत्र वा कुनै ठाउंमा रहेर कति बर्ष सेवा एवं काम गर्ला ? अधिकांशको उत्तर एउटै आउंँछ अधिकतम एक दशक वा दुईदशकसम्म । तर समाजमा यस्ता व्यक्ति पनि भेटिन्छन जसले एकै ठाउंँमा रहेर झण्डै तीनदशक स्वास्थ्य सेवा गरेका छन त्यो पनि माडी जस्तो ग्रामीण क्षेत्रमा ।

यी हुन् वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाल जो अहिले पनि माडीबासीको सेवामा निरन्तर लागिरहेका छन । माडी यस्तो ठाउंँ हो जुन ठाउंँ चितवनको पिछडिएको ठाउंँ मध्ये पर्दछ । ‘त्यतिबेला यहांँ विजुली थिएन, बाटो थिएन, यातायातको सुविधा थिएन तर अहिले केही परिवर्तन भएको छ ।’ गोविन्द संर्घषका शुरुवाती क्षणमा फर्कन्छन । आफू माडीमै जन्मिएर हुर्किएरपनि होला अहिले पनि उनको मनले माडीवासीको सेवा भन्दा बाहिर परिकल्पना गर्न सक्दैन ।

हुनत त्यतिबेला स्वास्थ्यकर्मीको अभाव उत्तिकै थियो तरपनि उनले आफ्नो सेवालाई समर्पित गर्न माडीनै रोजे । ‘मलाई चितवन लगायत अन्य जिल्लाबाट पनि धेरै अवसर आए, तर मलाई माडीबासीको मायाले कहिल्यै छोडेन ।’ उनी आफ्नो सेवाप्रति सन्तुष्ट छन । यति मात्र होइन गोविन्दले द्धन्द्धकालका घटनाहरु पनि भोगे, जन आन्दोलनका घटनाहरु पनि भोगे त कतिपय दुर्घटनाका घाउहरुमा मलम पट्टी लगाए कति जंगली जनावरले आक्रमण गरेका घटनाहरु पनि व्यहोरे त्यसको लेखाजोखा नै छैन ।

जतिसुकै परिस्थितिलाई पनि सहज रुपमा लिने स्वभाव भएरपनि होला उनी यही क्षेत्रमा स्थापित छन । हिजोआज पनि माडीमा जुनसुकै घटनाबाट मानिसहरु घाइते हुन्छन या बिरामी हुन्छन गोविन्दलाई नसम्झने कम नै छन । ‘मैले दिएको सेवाबाट सन्तुष्ट भएर होला प्राय सबैले मलाईनै सम्झन्छन उनी भन्छन, यो म प्रति माडीबासीले देखाएको सद्भाव हो विश्वास हो ।‘

हुनत त्यहांँ सरकारी मातहतको बघौडा अस्पताल पनि छ , त्यो अस्पतालसंँग पनि कतिपय बिरामीका बिषयमा उनले सहकार्य गर्दै पनि आएका छन । तर त्यो पर्याप्त छैन । अझैपनि कतिपय ठूला दुर्घटना, गम्भिर विरामीका लागि भरतपुर धाउनु पर्ने बाध्यता कायमनै छ ।

त्यसैले उनले सरकारले विशिष्टकृत सेवा सहितको माडीमा अस्पताल निर्माण गरिदिए माडीबासीलाई ठूलो राहत हुने बताउंँछन । उमेरले पांँच दशक टेकेका उनले भविष्यमा माडीलाईनै कर्म क्षेत्र बनाएर सेवालाई निरन्तर दिने प्रण गर्छन । (संक्षेपमा उनका संर्घषका कथालाई हाम्रो स्वास्थ्य दर्पण मिडिया टीमले श्रव्यदृश्य मार्फत कैद गरेको छ । अन्य विषयवस्तु तलको भिडियो लिंकमा उपलब्ध छ । )

बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.