• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

  •  सोमबार, असार ०२, २०८२ मा प्रकाशित

कञ्चनपुर । सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च प्राथमिता दिएको छ । यसैक्रममा शुक्लाफाँटा – ११ कलुवापुरमा निः शुल्क रगत परीक्षण आयोजना गरिएको छ । निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ ।

ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट (वाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । उहाँका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन ।

“छ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ” उहाँले भन्नुभयो, “यस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमियासम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाइएको छैन ।”
सिकलसेल ट्रेट देखिएका व्यक्तिलाई शिविरमा रहेका चिकित्सकहरुले आवश्यक परामर्श दिएका छन । सिकलसेल एनिमियासम्बन्धीको कुन्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीलाई सुझाव दिइएको छ । यसअघि नगरपालिकाका छ वडामा छुट्टाछुट्टै रुपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो ।

स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोष को बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोष गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोष अर्धचन्द्र (सिकल) आकारका र कडा हुने गरेका छन ।

अर्धचन्द्र आकारका विकृत कोष रक्तनलीहरूमा अड्किन गई रगतको प्रवाह अवरुद्ध गर्दा बिरामीलाई पीडा हुने गरेको पाइएको छ । “अर्धचन्द्र आकारका रक्तकोष छोटो समयमै नष्ट हुने हुँदा बिरामीलाई रक्तअल्पता (थकान, कमजोरी) गराउँछ” उहाँले भन्नुभयो, “अङ्ग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अङ्गमा क्षति पु¥याउन सक्छ ।”

यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रुपमा सर्ने गर्दछ । सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउछ छ । सिकलसेल टे«ट आफैँमा रोग होइन, तर रक्त परीक्षणमार्फत थाहा पाउन सकिन्छ । सिकलसेल एनिमिया विशेष गरी थारु समुदायमा बढी देखिने गरेको छ । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिकलसेल रोगको उपचार सेवा उपलव्ध रहेको छ । रासस

सोमबार, असार ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.