• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

  •  शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित

चितवन । भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि नगरप्रमुखहरूले यस कार्यको प्रशंसा गरेका छन् ।

नेपाल नेत्रज्योती सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आज सौराहामा आयोजना गरेको वार्षिक समीक्षा एवं कार्ययोजना तर्जुमा कार्यक्रममा सहभागीहरूले सेवालाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सङ्घले चितवनसहित आठ जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सर्लाहीको कविलाशी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले गाउँमा उपचार सेवा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा प्रभावकारी सेवा विस्तार गर्दै लैजानपर्ने सुझाव दिनुभयो ।

नवलपारसी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख हिमलाल अधिकारीले ग्रामीण क्षेत्रका नागरिकले आँखासम्बन्धी सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता केन्द्रको सेवामार्फत अन्त्य भएको बताउनुभयो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गाउँगाउँमा सेवा विस्तार गरेर आमनागरिकलाई सहजता भएको बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपसभापति ऋषिराम पौडेलले पालिकाहरूको सहकार्य र समन्वयमा आँखा उपचार केन्द्र र अस्पतालहरू विस्तार गर्दै लैजानुपर्ने प्रतिबद्धता जनाउनुभयो । सङ्घ चितवनका कार्यवाहक सभापति तेजेन्द्र खड्का र मेडिकल डाइरेक्टर डा पुष्पा गिरिले गत वर्षका कार्यक्रम र भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरूले पालिकाहरू र आँखा अस्पताल सहकार्य गरेर नागरिकलाई सहज रूपमा आँखा उपचार गर्दै आएको बताउनुभयो ।

सो अवसरमा नेपाल नेत्रज्योती सङ्घ नवलपरासीका सभापति होमनाथ जैसी, रत्ननगर आँखा उपचार केन्द्रका संयोजक प्रताप डल्लाकोटी, भरतपुर आँखा अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायत वक्ताले धारणा राख्नुभएको थियो ।

अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छ भने भरतपुर हाइटमा सिटि क्लिनिक सञ्चालित छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सहितको सेवासहितको अस्पताल छ भने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

विसं २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको आँखा अस्पतालले सेवा विस्तार गर्दै आठ जिल्लामा पुर्‍याएको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ । रासस

शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.