• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मनोसामाजिक उपचार सेवा सञ्चालनमा आएपछि

  •  सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर– २ कोठारपुर एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुबै गुमाउनुभयो । प्रेम विवाह गरेर गएकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान्को पनि मृत्यु भयो । छोरीले पोइली घरमा हिंसासहन नसकेर आत्महत्या गरेपछि विचलित भएकी जानकीका साउदीमा रहेका श्रीमान् पनि उच्च रक्तचापका कारण बितेपछि उहाँको संसार उजाडियो ।

उहाँले आफूलाई सम्हाल्न सक्नुभएन । साउदीमा तीन वर्ष कमाएर फर्केर केही दिन घर बसेर फर्किएका श्रीमान् गएको डेढ वर्षपछि ४० वर्षको उमेरमा उतै अस्ताए । विपन्न परिवारकी उहाँलाई स्नातकसम्म पढाएकी छोरी, त्यसैमाथि कमाउने श्रीमान् गुमाएपछि तनाव व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या सुरु भयो । धेरै लामो समयसम्म उहाँ तनावमा रहनुभयो । तनाव व्यवस्थापन गर्न नसक्दा उहाँको भोक, निन्द्रा सबै हरायो । महिला स्वास्थ्य स्वयम् सेविकाको सहयोगमा टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुँवरसँग उहाँको भेट भयो । कुँवरले मनोपरामर्श र हौसला दिनुभयो । दशौँ पटकसम्मको भेटघाट गर्नुभयो । उहाँका मनका सबै व्यथा सुनिदिनुभयो । पालिकाको समन्वयमा विदेशमा रहेको कम्पनीले रु तीन लाख, सरकारले बिमा वापतको रु सात लाख रकम उपलब्ध भयो । घरको तनावले ९ कक्षा पढ्दै गरेका छोराले पनि तनाव व्यवस्थापन गर्न नसकेर पढाइ छोडे । उनका छोरा हाल भारतको सुरतमा कमाउन गएका छन् ।

‘‘जग्गा जमिन छैन, आम्दानी पनि छैन, पढेलेखेको पनि छैन, भएको घर पनि पानी पर्दा चुहिन्छ’’, उहाँले भन्नुभयो, ‘‘सहयोगी कोही छैनन्, धेरै तनाव भयो, निन्द्रा हरायो, टीकापुर मात्र होइन उपचारका लागि नेपालगञ्जसम्म गए, निन्द्रा लाग्ने औषधिसमेत खानुप¥यो ।’’मनोसामाजिक परामर्शदाता कँुवरले दर्जनौँं पटक भेटेपछि मन शान्त भएको उहाँको भनाइ छ । ‘‘क्षतिपूर्ति पाएको त्यही रकमले अहिले घरखर्च चलेको छ, त्यो रकम सकिए के गरौँला भन्ने पिर छ’’, उहाँ भन्नुहुन्छ, ‘‘उहाँ आम्दानी हुने खालको काम भएको भए हुन्थ्यो जीवन चलाउन सहज हुन्थ्यो ।’’

कोठारपुरकै अर्की महिलाका श्रीमान् विदेशमा हुनुहुन्छ । श्रीमान् विदेश गएपछि घरायसी कामको सबै जिम्मेवारी उहाँकै काँधमा आइप¥यो । घरायसी काममा घरबाहिर जाँदा वा घरमा पुरुष आफन्त आउँदा छिमेकी तथा आफन्तले श्रीमान्लाई गलत कुरा लगाइदिँदा उहाँलाई श्रीमान्ले आशङ्का गर्न थाल्नुभयो । उहाँलाई श्रीमान्ले रकम नपठाउने, नानाथरि भन्न थाल्दा उहाँलाई मानसिक तनावले झेल्यो । ‘‘धेरै तनाव भएपछि आफू पनि मर्छु र बच्चालाईसमेत मार्छु भन्नेसम्मको सोच आउँथ्यो, कामकाज सबै छोडे, मानिसँग बोल्न छोडे, बच्चा पनि राम्ररी स्याहारिन’’, उहाँ भन्नुहुन्छ, ‘‘मनोसामाजिक परामर्शकर्ताले परामर्श दिएपछि मन हलुङ्गो भयो । त्यसपछि सम्हालिए र अहिले सिलाइकटाइको काम गरिरहेकी छु ।’’

अहिले आत्मबल बढेको र घरसल्लाह गर्दा मेलमिलाप भएको र परिवारमा शान्ति छाएको उहाँ बताउनुहुन्छ । मानसिक स्वास्थ्य स्वायवलम्बन समूहका सदस्य निशादेवी कडायत अहिले पनि समाजमा मानसिक समस्या भएकाहरु लुकेर बसेकाले भविष्यमा विकराल अवस्था आउन सक्ने बताउनुहुन्छ । ‘‘मैले पनि मानसिक समस्या झेलेँ, म आफैँ स्वास्थ्य समस्या समधान गर्नुपर्छ भनी सक्रिय भएँ’’, उहाँ भन्नुहुन्छ, ‘‘तर समुदायमा मनोसमस्या लुकाएर बसेका धेरै छन्, समस्या भएकालाई उपचारमा ल्याउन नसके घरघरमा मनोरोगी भेटिनेछन् ।’’

मनोसामाजिक परामर्शकर्ता कुँवर मनोसामाजिक समस्या थुप्रै खालका रहेका र आफूले घरमै र टोल विकास संस्थामा समूहमा राखेर सयौँलाई सेवा दिने गरेको बताउनुहुन्छ । आव २०८१÷ ८२ मा टीकापुरमा वैदेशिक रोजगारीसँग सम्बन्धित ३० जना मनोसामाजिक समस्यै भएकालाई सेवा दिएको जानकारी कुँवरले दिनुभयो । यसमा साइकोसिस भएका ५, डिप्रेसन भएका नौ, पिर चिन्ता तनावमा रहेका सात, आघात भएका चार, घरेलु हिंसामा परेका दुई र लाञ्छना एक र आत्महत्याको जोखिममा रहेका दुई जनालाई मनोपरामर्श सेवा दिइएको छ । पालिकाले आमा समूह, टोल विकास संस्था तथा अन्य समूहमा समेत गएर मनोसामाजिकसम्बन्धी समूह परामर्श सेवा प्रदान गर्दै आएको छ । जसले मनोसमस्या भएकालाई समयमै समाधान खोजिनुपर्छ भन्ने सचेत बनाएको छ ।

वैदेशिक रोजगारीपछि रोजगारीमा गएका वा परिवारका सदस्यमा देखिने मनोसमस्यालाई निवारणका लागि पालिकाले प्राथमिकता दिएको छ । टीकापुरमा टीकापुर अस्पतालसहित नारायणपुर स्वास्थ्य चौकी र विजयनगर सहरी स्वास्थ्य केन्द्रमा मनोसामाजिक उपचार सेवा सञ्चालनमा छ । टीकापुरमा सय बढी मनोसामाजिक समस्या भएका नागरिकको उपचारपछि स्वास्थ्य सुधार भएको पालिकासँग तथ्याङ्क छ । अर्का मनोसामाजिक परामर्शकर्ता खम्ब परियार स्वास्थ्य संस्था र घरभेट गरी मनोसामाजिक परामर्श दिन गरिएको बताउनुहुन्छ ।

‘‘मानसिक स्वास्थ्य समस्या भएका वा परिवारका सदस्यलाई जीविकोपार्जनमा पनि सघाएका छौंँ’’, उहाँ भन्नुहुन्छ, ‘‘पालिकामा गठन भएका मानसिक स्वास्थ्य स्वावलम्बन समूहमाफर्त १४ जनाले बाख्रापालन, तरकारी खेती, सिलाइकटाइ, बङ्गुरपालन जस्ता आयमूलक काम गरिरहेका छन् ।’’यसका साथै इलाका प्रहरी कार्यालय टीकापुरले पनि मनोसमस्याकै कारण आत्महत्या बढेको जनाउँदै आत्महत्या न्यूनीकरण कार्यदल गठन गरी विद्यालय तथा समुदायमा सचेतना जगाउने काम गरिरहेको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले मानसिक स्वास्थ्य सेवाबारे नागरिकलाई अझैँ सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । ‘‘मानसिक स्वास्थ्य नीति पालिकाले पारित गरिसकेको छ । अब यसैमा टेकेर धेरै काम गर्नुपर्ने छ’’, उहाँ भन्नुहुन्छ, ‘‘स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव छ । मनोसमस्यालाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ ।’’

नगर प्रमुख रामलाल डगौरा थारु मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुहुन्छ । ‘‘मानसिक स्वास्थ्यमा पर्याप्त लगानी भएको छैन, पालिकामा सञ्चालित प्रवासी कामदार तथा तिनका परिवारको मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यलाई प्राथमिकता दिने गरी काम गरिरहेका छौँ ’’, उहाँ भन्नुहुन्छ, पालिकामा रहेका विषयगत शाखासँग समन्वय र छलफल गरेर मानसिक स्वास्थ्य उपचारलाई प्राथमिकता दिने गरी काम गर्ने प्रयासमा छौँ । पालिकाका हरेक स्वास्थ्य संस्थामा मनोसामाजिक उपचार सेवा दिने प्रयास गर्नेछौँ ।’’
परामर्श नै पहिलो उपचार हुने भएकाले स्वास्थ्य, शिक्षा र टोल विकास संस्थासँग जोडेर मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताउनुभयो ।.भेरी अस्पताल, नेपालगञ्जका कन्सल्टेन्ट साइक्याट्रिस्ट चिकित्सक लीला देवकोटाले व्यक्तिको मन र समाजसँगकोसम्बन्ध सुमधुर भएमा मानसिक स्वास्थ्य ठिक छ भनेर बुझ्न सकिने बताउनुभयो । ‘‘मनोसामाजिक अवस्था ठिक हुन, समाजका धेरै कुराले असर गर्छ, मानिसले एउटै घटनालाई फरक फरक तरिकाले बुझ्ने र लिने गर्छ, यो सबै मानसिक अवस्थाका कारण हो भन्ने बुझ्नुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘हामीले गरेका हरेक कार्य समाजले स्वीकार्छ भने हाम्रो मनोसामाजिक स्वास्थ्य राम्रो भएको मान्न सकिन्छ । मानसिक स्वास्थ्य समस्या भएको मानिसको सोचाइ, भावना व्यवहारमा असामान्य परिवर्तन आउने र त्यसले तनाव उत्पन्न गराउँछ ।’’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक चारजनामध्ये एक जनालाई मानसिक स्वास्थ्य समस्या हुन्छ । आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरु बताउँछन् । नेपालमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु उपचारबाट टाढा रहेको मनोचिकित्सक देवकोटाको भनाइ छ । अहिलेको अवस्थामा बच्चा, वयस्क, ज्येष्ठ नागरिक सबैलाई मानसिक समस्या देखिएकाले मानसिक समस्या भएकालाई मनोविमर्श र औषधि सेवन गराएर निको गर्नुपर्ने उहाँको भनाइ छ । रासस

सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.