• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

सेवा दिने चिकित्सक नहुँदा बिमा ‘रेफरल प्रणाली’बाट नागरिकलाई सास्ती

  •  मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित

काभ्रेपलाञ्चोक । जिल्लामा बिमा ‘रेफरल प्रणाली’अन्तर्गत धुलिखेल अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइँदा नागरिकले निकै सास्ती ब्यहोर्नुपरेको छ । प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि जिल्लास्थित दलका नेताले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ध्यानाकर्षणसमेत गराएका छन् ।

स्वास्थ्य बिमा बोर्डले जिल्लाको पाँच सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु तोकेको थियो । त्यसमध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) र पाँचखाल पिएचसीले प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेका छैनन् । चिकित्सक अभावका कारण पनौती नगरपालिकामा रहेको (पिएचसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या देखिएको छ । उक्त केन्द्रले स्वास्थ्य बिमाको नियमित सेवामा प्रतिकूल प्रभाव परिरहेको जनाउँदै सोमबारदेखि दैनिक ४० जनालाई मात्र रेफरल दिने व्यवस्था गरिएको जानकारी दिएको छ । केन्द्रका निमित्त प्रमुख डा प्रज्वल लुइँटेलका अनुसार चिकित्सक अभावकै कारण सेवा दिन कठिनाइ भई स्वास्थ्य बिमाअन्तर्गत रेफरलमा समस्या उत्पन्न भएको छ ।

स्थानीयले दैनिक रूपमा स्वास्थ्य बिमाको सेवा लिने गरेकाले रेफरल प्रणाली सीमित हुँदा थप चुनौती हुने देखिएको छ । हालसम्म उक्त केन्द्रले करिब एक हजारलाई रेफरल सेवा दिएको जनाइएको छ । पनौतीमा रहेको अर्को खोपासी पिएचसीले दुई हजार बढीलाई रेफरल सेवा दिएको छ । साउन १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हेरफेर भएपछि जिल्लामा तोकिएको पाँचमध्ये पनौतीका दुई पिएचसीमा सेवाग्रहीको भीड लाग्दै आएको छ ।

यसैबीच प्रथम सेवा बिन्दु तोकिएका स्वास्थ्य संस्थाले विभिन्न समस्या देखाउँदा सेवा प्रभावित भएपछि काभ्रेपलाञ्चोकस्थित नेपाली कांग्रेससहित विभिन्न दलको यसअघि २०८२ साल असार मसान्तसम्म प्रथम सेवा बिन्दुको रूपमा स्वास्थ्य बिमा सेवा प्रदान गर्दै आएको धुलिखेल अस्पताललाई नै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायम गर्न माग गर्दै सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँको नेतृत्वमा जनप्रतिनिधिसहितको टोलीले मन्त्री पौडेललाई धुलिखेल अस्पताल प्रथम सेवा बिन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाई प्रथम सेवा बिन्दुबाट दिने सेवा सञ्चालन गर्नका लागि निर्देशन दिन भनिएको ध्यानाकर्षणपत्र बुझाएको हो ।

यस्तै धुलिखेलमा रहेको १५ शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेलमा रहेको सम्पूर्ण स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रवाहका लागि यथाशीघ्र पहलकदमी गर्न पनि ध्यानाकर्षणमा माग गरिएको छ । “अन्यत्र पूर्वाधार तयार नगरी धुलिखेल अस्पतालको प्रथम सेवा बिन्दु हटाउँदा लाखौँ नागरिक प्रभावित बनेकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हौँ, उहाँले धेरै स्थानमा समस्या देखिएको छ, कस्ताखालको समस्या हो बुझेर समाधान गर्दै जाने आश्वासन दिनुभएको छ”, हुमागाईँले भन्नुभयो ।

धुलिखेल अस्पतालको सेवा हटाउँदा काभ्रेपलाञ्चोक र आसपास तथा पूर्वी तराईका जिल्लासमेतका तीन लाखभन्दा बढी सेवाग्राही प्रभावित भएको जनाइएको छ । टोलीले अस्पतालमा सेवा सञ्चालन नहुँदासम्म धुलिखेल पिएचसीलगायतका स्वास्थ्य केन्द्र र धुलिखेलको नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन अनुरोध गरिएको हुमागाईँले बताउनुभयो ।

टोलीसँग भेटका क्रममा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न धेरै सामुदायिक र सरकारी अस्पतालको प्रथम सेवा बिन्दु हटाइएको जानकारी दिँदै ती अस्पतालमा रेफरल सेवाअन्तर्गत विशेषज्ञ सेवा प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको दायित्व भएको संविधानमा नै उल्लेख छ, जनशक्ति, उपकरणलगायतका पूर्वाधार सहयोग गर्न मन्त्रालय तयार भएको र स्थानीय तहले पनि सेवा दिन तदारुकता दिनुपर्छ ।”

विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा बिन्दुका रूपमा सुचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये मेथिनकोट अस्पताल तथा सुन्थान र खोपासी पिएचसीले मात्र सेवा दिँदै आएका छन् । विसं २०७६ देखि नै सूचीकृत भए पनि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरिसकेका हुन् । अस्पतालका सेवाग्राहीले अब सेवा लिनका लागि प्रथम सेवा बिन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषणपत्र) लिनुपर्छ । गत असार १० गते स्वास्थ्य बिमा बोर्डले निर्देशन जारी गरेर साउन १ गतेदेखि तोकिएको प्रथम सेवा बिन्दुबाट आकस्मिक अवस्थामा बाहेक प्रेषण पुर्जी (रिफलर पत्र) अनिवार्य लिएरमात्र आउनुपर्ने निर्णय गरेको थियो । रासस

मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.