• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

  •  बिहिबार, साउन १५, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने हुनुभएको छ ।

घरको आँगनबाट बाहिर आउन नसक्ने उहाँले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाउनुभयो । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउनुहुन्छ । “सुरुमा मान्छे देख्ने बित्तिकै भाग्थ्यो अहिले मान्छे आए भने नमस्ते गर्छ, पढ्न र बोल्न सक्ने भएको छ”, उहाँले भन्नुभयो ।

रितेश खेल्न रुचाउने भएकाले खेलका माध्यमबाट सिकाउँदै आएको बताउँदै पढाइ सँगसँगै समय समयमा उहाँको थेरापी समेत गर्दै आएको जानकारी दिनुभयो ।

घरको आँगन कट्न नसक्ने लालझाँडी गाउँपालिका– ३ वल्मीका मयन्क राना अहिले घर नजिकैको पूर्णिमा आधारभुत विद्यालयमा भर्ना भएका छन् । उहाँलाई सात महिना घरमै अध्ययन गराएपछि विद्यालयमा भर्ना गरिएको हो । एक वर्षअघिसम्म उहाँका आमाबुबाले आफ्नो छोरा पनि पढ्न सक्ने र विद्यालय जान सक्ने कल्पना गर्नुभएको थिएन । जब घरमै छोरालाई पढाउन थालियो त्यसपछि उहाँको आत्मबल बढेको छ ।

दातृ निकायले शारीरिक अपाङ्गताको परीक्षणपश्चात् आवश्यक सहायता सामाग्री समेत प्रदान गरेपछि घरको कोठामा थुनिएका मयन्क विद्यालयको कोठामा पुगेका छन । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पना गरेकी थिएन ।” मयन्ककी आमा श्रीमतु रानाले भन्नुभयो–“अहिले छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ”, उहाँले छोराको खुट्टाको समस्याका कारण घरको कोठाका थुनिनु परेको जानकारी दिँदै भन्नुभयो ।

लालझाडी गाउँपालिकाकै ६ वर्षीय एलेक्स रानालाई पनि सात महिनादेखि घरमै शिक्षकले पढाउँदै आउनुभएको छ । “घरको आँगन टेक्न नसक्ने एलेक्स अक्षर चिन्न थालेको छ ।” शिक्षिका ललिता साहुले भन्नुभयो, “सात महिना त उसको घरमै गएर पढाएँ अहिले कहिले विद्यालय त कहिले घरमै गएर पढाउँदै आएकी छु ।” लालझाँडी गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्षित कक्षाकोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्ष्यित जनशक्ति र सिकाइ सामग्रीको अभाव भएको बताउनुभयो ।

जिल्लाको बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा अपाङ्गता भएका नौ जना बालबालिकालाई घरमै शिक्षिका पठाएर पढाउने व्यवस्था मिलाइएको छ । युरोपेली सङ्घको आर्थिक सहयोग र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत अपाङ्गता भएका विद्यालय जान नसक्ने बालबालिकाको शिक्षामा पहुँचका लागि घरमै विद्यालय अवधारणाअन्तर्गत दैनिक चार घण्टा पढाउने व्यवस्था मिलाएको हो ।

परियोजनाका प्रबन्धक विशन देव जोशीले गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका छ वटा पालिकामा यो कार्यक्रम लागू भएको जानकारी दिनुभयो ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी शिक्षा नीति, २०७३ मार्फत समावेशी शिक्षालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो । रसस

बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.