• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

  •  शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा क्यान्सर, मिर्गौला, स्पाइनल इञ्जुरीलगायत दीर्घकालीन रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रारम्भिक जाँच तथा उपचार पहुँचको अभाव, समयमै रोगको पहिचान नहुनु र जनचेतनाको कमीजस्ता कारणले दीर्घरोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो ।

उहाँका अनुसार विगत तीन वर्षको तुलनामा स्वास्थ्य संस्थामा उपचारका लागि आउने दीर्घरोगीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी क्यान्सर, मिर्गाैला फेल हुने र स्पाइनल इञ्जुरी (मेरुदण्डमा चोट वा कमजोरी) भएका बिरामी उपचार नपाएर जटिल अवस्थामा पुगेपछि आउने गरेका उहाँको भनाइ छ ।

आव २०८१/८२ मा मात्रै नगरका विभिन्न वडाबाट क्यान्सरका ४९, मिर्गौला डायलासिस गराइरहेका १२, मिर्गाैला प्रत्यारोपण गरेका एक, स्पाइनल इञ्जुरीका तीन जना बिरामी स्वास्थ्य शाखामा दर्ता भएका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा क्यान्सरका ३९, मिर्गाैला डायलासिस गराइरहेका १६, मिर्गाैला प्रत्यारोपण गरेका एक र स्पाइनल इञ्जुरीका दुई जना बिरामी दर्ता भएका थिए । आव २०७९/८० मा क्यान्सरका ३०, मिर्गाैला डायलासिस गराइरहेका १३, मिर्गाैला प्रत्यारोपण गरेका एक जना गरी कूल ४४ जना बिरामी स्वास्थ्य शाखामा दर्ता भएका थिए ।

दर्ता भएका बिरामीलाई नगरपालिकाले मासिक उपचार खर्चबापत रु पाँच हजारका दरले उपलब्ध गराउँदै आइएको भट्टले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने बताउनुभयो । उहाँका अनुसार क्यान्सरकै कारण तीन वर्षको अवधिमा नगरपालिकाका सात जनाको मृत्यु भइसकेको छ ।

दीर्घरोगीमा अन्यको तुलनामा दलित तथा आदिवासी जनजाति समुदायका महिला र पुरुषको सङ्ख्या बढी देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार स्थानीयमा स्वास्थ्यप्रति चेतनाको कमी, अस्पतालसम्म समयमै नपुग्नु, तथा कतिपय अवस्थामा धार्मिक वा परम्परागत उपचारमा निर्भर हुनु रोग गम्भीर बन्ने प्रमुख कारण रहेका छन् । करिब ७० प्रतिशत बिरामी आर्थिक अभावका कारण चितवन, काठमाडौँ वा अन्यत्र उपचारका लागि जान सकिरहेका छैनन् ।

झलारी पोली हेल्थ क्लिनिकका स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार धुमपानको बढ्दो प्रयोग र खानपानमा नियन्त्रण नहुनुजस्ता कारणले क्यान्सर र मिर्गाैला रोगीको सङ्ख्या हरेक वर्ष बढ्दो छ । “सबैभन्दा ठूलो चुनौती भनेको रोग समयमै पहिचान हुन नसक्नु हो,” उहाँले भन्नुभयो, “क्यान्सरका बिरामी प्रायः अन्तिम चरणमा मात्रै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्छन्, त्यस पछि उपचार सम्भव हुँदैन, मिर्गाैला रोग र स्पाइनल इञ्जुरीका बिरामी पनि यही समस्याबाट ग्रसित छन् ।”

स्वास्थ्य प्रणालीको पहुँच अभावसँगै सामाजिक र आर्थिक पक्षहरू पनि दीर्घरोगीको सङ्ख्यामा वृद्धि हुनुको कारण देखिएको छ । स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार दीर्घकालीन रोगको प्रभावले परिवारको आर्थिक अवस्था कमजोर पार्ने, कार्यक्षमता घटाउने र सामाजिक समस्या सिर्जना गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनु आवश्यक छ ।

नगरपालिकाले दीर्घरोग नियन्त्रणका लागि जनचेतना, प्रारम्भिक जाँच र उपचार सेवा विस्तार गर्ने योजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । नगरमा आधारभूत सेवा र प्राथमिक उपचार सेवामात्रै उपलब्ध रहेको छ । विशेषज्ञ उपचार सेवाका लागि नगर क्षेत्र बाहिर जानुपर्ने बाध्यता छ । रासस

शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.