भरतपुर । चितवनस्थित नारायणी सामुदायिक हस्पिटल र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझौता कार्यक्रममा अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा.भक्तमान श्रेष्ठ र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता पत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स संग आवद्ध, विमित,अभिकर्ता,कर्मचारीहरुले उपचारमा १०प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिनुभयो ।
यो सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कामय हुनेछ ।
