• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बिमा सेवा धुलिखेल अस्पतालबाट सुरु

  •  सोमबार, साउन २६, २०८२ मा प्रकाशित

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरुआत गर्ने भएको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो । सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रुपमा मात्रै काम गरिरहेको छ ।

नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सकलगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ । “प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्ति अभावले धुलिखेल अस्पतालबाट सेवा दिन लागिएको हो, यसका लागि सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ”, ब्याञ्जूले भन्नुभयो । केन्द्रको स्वास्थ्य बिमाको विस्तारित सेवा प्रदान गर्न धुलिखेल अस्पताल परिसरभित्रै व्यवस्थापन गरिएको र त्यहाँबाट उपलव्ध नहुने सेवाको लागि रिफरल गरिने जनाइएको छ ।

अस्पतालको सेतो भवन नजिकैको कक्षबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट हुने स्वास्थ्य बिमासँग सम्बन्धित स्वास्थ्य परीक्षण तथा औषधि उपचारलगायतका सेवा प्रदान गरिने जनाइएको छ । सरकारको पछिल्लो नीतिका कारण स्वास्थ्य बिमा कार्यक्रममा धुलिखेल अस्पतालबाट प्रथम सेवा विन्दुको सेवा लिइरहेका करिब दुई लाख ५३ हजार ६ सय सेवाग्राहीको उपचार प्रभावित हुँदै आएको छ ।

विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सुचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका छन् । यसअघि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै अझै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरेका थिए । धुलिखेल प्रास्वाकेले भने आजबाट धुलिखेल अस्पताल परिसरबाटै सेवा सुरु गर्न थालेको हो ।

जिल्लास्थित राजनीतिक दल, नगर तथा प्रास्वाके धुलिखेल व्यवस्थापन समितिलगायतले धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा धुलिखेल अस्पताल प्रथम सेवाविन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाइ प्रथम सेवा विन्दुबाट दिने सेवा सञ्चालन गर्नको लागि निर्देशन दिन, धुलिखेलमा रहेको १५ शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेल नगरमा रहेको सम्पूर्ण स्वास्थ्य चौकिको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रवाहको लागि यथाशीघ्र पहल कदमी गर्न माग गरिएको थियो । रासस

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.