भरतपुर । चितवनस्थित डा.अजय एण्ड डा.सरु फाउन्डेसन र बायोहोराइजन इम्प्लान्ट कम्पनीको सहयोगमा आर्थिक रुपमा कमजोर व्यक्तिको लागि निःशुल्क दाँतको प्रत्यारोपण ‘ इम्प्लान्ट ‘ सेवा प्रदान गर्ने बारे जानकारी दिइएको छ। नारायणगढ बजारमा केन्द्रिय कार्यालय रहेको साइराम डेन्टल केयरले १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको प्रत्यारोपण ‘ इम्प्लान्ट ‘ सेवा प्रदान गरिने कुरा फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा.अजय न्यौपानेले बताउनु भयो।
अध्यक्ष डा. न्यौपानेका अनुसार यो समस्याबाट प्रभावित विपन्न तथा सीमान्तकृत समुदायलाई विशेष लक्षितगरी दाँतको इम्प्लान्ट सेवा प्रदान गरिने भयको हो।सामान्यतय एउटा दाँत राख्न करिब एक लाख लागत लाग्ने वरिष्ठ दन्त चिकित्सक डा. न्यौपाने जानकारी दिनुभयो ।उहाँको अनुसार मुख स्वास्थ्य , मुस्कान र व्यक्तिको आत्मबल बढाउन दाँत प्रत्यारोपणले धेरै सहयोग गर्ने बताउनु भयो।
फाउन्डेसनले दिएको जानकारी अनुसार दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गरिनेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि करिब ६ महिना लाग्नेछ ।
यस फाउन्डेसनले चितवन र आसपासका जिल्लामा सामाजिक कार्यसहित बालबालिकाको निःशुल्क रुपमा दाँतको चेकजाँच गर्दै आएको छ ।
