• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवालिन बिमाकै भर

  •  बुधबार, भदौ १८, २०८२ मा प्रकाशित

चितवन । गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।

सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन् । त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनुपर्दैन ।

भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका एक हजार ९८२ पटक ज्येष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये एक हजार ७७६ पटक स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका हुन् । यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ । सोही महिना ६० देखि ७९ वर्ष उमेरसम्मका १३ हजार ६५२ पटक उपचार लिएकोमा ८६ प्रतिशतअर्थात् ११ हजार ९२७ पटक स्वास्थ्य बिमाका रहेका छन् । अस्पतालमा

साउन महिनामा ६० हजार ४७२ पटक बिमामार्फत उपचार सेवा दिईएको छ । अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन् ।

स्वास्थ्य बिमामा नजोडीएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउनुहुन्छ । यसबाट विपन्न नागरिकले निःशुल्क सेवा पाउँदा उपचारबाट वञ्चित हुनुपरेको छैन । भरतपुर अस्पतालको औषधि वितरण कक्ष (फार्मेसी)बाट औषधि लिएर फर्कदै गर्नुभएका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आउनुभएको हो । ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै हुनुहुन्थ्यो ।

बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उहाँले अन्य समयमा आफूले आएर औषधि लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिँदा पैसा नभएर खरिद गर्न जान पाइन्न भन्ने समस्या नहुने गरेको उहाँले बताउनुभयो । हरेक महिना रु सात हजारको औषधि बिमामार्फत लैजाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उहाँको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आउनुभएको छ ।

अस्पतालमा भरतपुर महानगरपालिका–५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा हुनुहुन्थ्यो । उहाँले श्रीमतीको बिमाको कार्ड देखाउँदै भन्नुभयो, “सधैँ आएर औषधि लैजाने गरेको छु ।” सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन् ।

भरतपुर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पछि छुट्टै बहिरङ्ग सेवा (जेरियाट्रिक ओपिडी) सुरु गरिएको छ । ज्येष्ठ नागरिक बहिरङ्ग सेवाको संयोजन गर्नुभएका डा प्रतीक न्यौपानेका अनुसार ज्येष्ठ नागरिकले अरुसरह उपचार लिँदा लामो समय पालो पर्खनुपर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरङ्ग सेवा सुरु गरिएको बताउनुभयो । अस्पतालले १६ श्ययाको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरुमा पनि राखेर ज्येष्ठ नागरिकलाई उपचार गरिँदै आएको छ । रासस

बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.