• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

  •  शनिबार, भदौ २८, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ ।
अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिनुभयो ।

“६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो–“अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ ।” अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो । अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

विगतको तुलनामा अस्पतालले विशेषज्ञ सहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । “विगतको तुलनामा यहाँबाट सेवा लिने विरामीको संख्या बढेको छ ।” उहाँले भन्नुभयो–“यहाँको मुख्य आवश्यकता भनेको सीटी स्क्यान थियो त्यो सेवा पनि सुचारु हुने अवस्थामा छ यसले यहाँका विरामीहरुलाई ठुलो राहत पुगाउँछ ।” उहााले अस्पतालमा अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताउनुभयो । “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिदै गएको सरकारले त्यहि अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिदै गएका छन ।” उहाँले भन्नुभयो–“अब कुनै पनि विरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सक सहितको सेवा दिन थालेको छ ।

अस्पतालमा मेडिसिन विभाग,हाडजोर्नी विभाग,सर्जरी विभाग,स्त्री तथा प्रसुती रोग विभाग,रेडीयोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भएपनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिदै आएका छन । “अस्पतालमा सीटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८÷१० जना विरामी अन्यत्र रिफर हुने गरेका थिए अब त्यो समस्या हट्ने भएको छ ।” यहाँका स्थानीय इन्द्र साउँदले भन्नुभयो–“अब घर नजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सीटी स्क्यान लगायतको विशेषज्ञ सेवा पाउनेछन ।”

२०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्ती हुर्दै २०४३ सालमा ५० शैयाको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रुपमा परिणत भयो । मुलुकमा संघीयतापछि प्रादेशीक अस्पतालका रुपमा स्तरोन्नती भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दी अनुसार एघार तहका विशेषज्ञ चिकित्सक चार जना र नवौ र दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन । त्यसैगरि एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट,डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि हालसम्म दरबन्दी अनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन ।

शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.