• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

थारु समुदायमा ‘सिकलसेल एनिमिया’को ‘स्क्रिनिङ टेस्ट’

  •  बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिता दिइएको छ ।

स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको जानकारी दिनुभयो । उनीहरुको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन् । पूनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो । जसको अन्तिम परीक्षण गर्दा ७९ जनामा बाहक (ट्रेट)देखा परेको थियो ।

एक सय ११ जनामा ट्रेटसँगै विटा थालेसिमिया र तीन जनामा विटा थालेसिमिया होमोजाइगोस पत्ता लागेको थियो । त्यसैगरी भीमदत्त नगरपालिकामा आठ सय ६६ जनाको रगत परीक्षण गर्दा ९९ जना पोजेटिभ भेटिएका छन् । जसको अन्तिम परीक्षण गर्दा ७७ जना सिकलसेल ट्रेट, १८ जना सिकलसेल ट्रेटसँगै बिटा थालेसिमिया र चार जनामा सिकलसेल पत्ता लागेको थियो ।

स्वास्थ्य कार्यालयले थारु समुदायमै गएर स्क्रिनिङ टेस्ट गरेको थियो । स्क्रिनिङ टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमूना लगेर परीक्षण गरिएको थियो । थारु समुदायको बाहुल्यता भएको बेलौरी नगरपालिकामा एक हजार तीन सय जनाको रगत परीक्षण गरिएको थियो । जसमा एक सय १४ जना पोजेटिभ देखिएका थिए । अन्तिम परीक्षण गर्दा एक सय ३२ जनामा सिकलसेल बाहक, पाँच जनामा थालेसिमिया र पाँच जना सिकलसेल रोगी पत्ता लागेका थिए । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको विभिन्न पालिकामा स्क्रिनिङ टेष्ट गरिएको बताउनुभयो ।

“बाहक (ट्रेट) देखा परेकाहरुको रगतको अन्तिम चेक गर्दा धेरैमा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भन्नुभयो–“हरेक एक सयजनाको परीक्षणमा आठ जना बिरामी देखिएका छन ।”

उहाँले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताउनुभयो । “बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ ।” उहाँले भन्नुभयो–“त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।”

हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबै भन्दाबढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया रहेको उहाँको भनाइ छ । नेपालमा पनि खासगरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उहाँले बताउनुभयो ।

थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानको लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको भट्ट बताउँनुहुन्छ ।

“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” भट्टले भन्नुभयो–“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन ।”

ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उहाँले बताउनुभयो ।
सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन । रासस

बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.