• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २१ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण

  •  शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले निःशुल्क रगत परीक्षण सुरु गरेको छ ।

कार्यालयले लालझाडी गाउँपालिकामा निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका तीन वडामा एक हजार १३३ जनाको रगत परिक्षण गरिएको छ । जसमा ९८ जनामा ट्रेट (बाहक) देखिएको छ ।

“सात सय ९४ महिला र ३३९ पुरुषको रगत परीक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको हो”, उहाँले भन्नुभयो, “पोजेटिभ देखिएकाको थप पुष्टि परीक्षण (कन्फरमेसन) का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाउँछौँ ।” फोकल पर्सन भट्टका अनुसार सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन । “बाहक (ट्रेट) देखापरेका व्यक्तिहरुको रगतको अन्तिम जाँच गरी सिकलसेल एनिमिया भए÷नभएको पुष्टि हुन्छ”, उहाँले भन्नुभयो, “बाहक देखिएकै भरमा बिरामी भन्न मिल्दैन ।”

हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशतभन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो । नेपालमा खास गरी थारु चौधरी समुदायमा यो रोगको समस्या उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको थियो ।

थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपायहरु अवलम्बन गर्न नसकिए अवस्था झन भयावह हँुदै जाने फोकल पर्सन भट्ट बताउनुहुन्छ । कञ्चनपुरमा थारु चौधरी समुदायको बसोबास उच्च रहेका स्थानीय तहमा यो रोगको पहिचान तथा निदानका लागी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जीनसम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ”, फोकल पर्सन भट्टले भन्नुभयो, “पुरुषमा ट्रेट छ र उसको विवाह ट्रेट भएकी महिलासँग भयो भने त्यस बाट जन्मने २५ प्रतिशत बच्चामा सिकल सेल देखिन्छ ।” ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए सामान्य खालको हुने उहाँले बताउनुभयो ।

सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने जस्ता लक्षण देखापर्छन् ।रासस

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.