• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

  •  बिहिबार, चैत २६, २०८२ मा प्रकाशित

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।

चालु आर्थिक वर्षभित्रै महानगरपालिकाभित्रका २० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिनुभयो । अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमका लागि अस्पताल र महानगरपालिकाबीच सम्झौता भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको आँखा उपचार सेवामा पहुँच विस्तार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल आँखा अस्पतालमार्फत् सामुदायिक विद्यालयका २० हजार छात्रछात्राको आँखा परीक्षणका लागि महानगरपालिकाले सम्झौता गरेको छ ।”

आगामी शैक्षिक सत्र सुरु भएसँगै सञ्चालन हुने सो कार्यक्रमका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाइएको छ । गत आर्थिक बर्षमा पनि अस्पतालले १० हजार ६६६ जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरी चश्मा र औषधि वितरण गरेको थियो । उक्त अस्पतालले गत आर्थिक २०८१÷८२ मा बहिरङ्ग र आपतकालीन् सेवासहित एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको थियो । सो आर्थिक वर्षमा आँखा अस्पतालले १० हजार ६७४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।

नेपाल आँखा अस्पतालले आफनो सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेको दृष्टिकेन्द्रमार्फत् स्थानीयलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले पछिल्ला बर्षमा अस्पतालमा बिरामीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको जनाउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

अस्पतालले आँखा उपचारमा अन्तर्राष्ट्रिय जगतमा प्रयोग भएका नवीनतम् प्रविधि भित्र्याएको जानकारी उहाँले दिनुभयो । उपकरण व्यवस्थापनमा अस्पतालको खर्च वृद्धि भएपनि बिरामीसँग लिइने शुल्क वृद्धि नगरिएको उहाँको भनाइ छ । अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले देशले आँखा उपचार सेवामा गरेको लगानीबाट शिक्षा, समानता, गरिबी निवारणलगायतका क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्तिमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा प्रणव श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो । त्यस अवसरमा अस्पतालद्वारा प्रकाशित वार्षिक प्रतिवेदन पुस्तिका र क्यालेण्डर विमोचन गरियो । नेपाल आँखा अस्पतालको स्थापना विसं २०३० चैत २६ गते भएको थियो ।रासस

बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.