• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

द्वन्द्वले अफगान बालकुपोषण सङ्कट झनै गहिरिँदै

  •  बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

काबुल । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पु¥याउन सकिने अवस्था हुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । उहाँले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गर्नुभयो । डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले भन्नुभयो, “अफगानिस्तानमा यो एक पोषण सङ्कट हो । गत वर्षको वृद्धि हामीले देखेको सबैभन्दा खराब थियो, र यो वर्ष अवस्था अझै खराब छ ।”

संस्थाले जनवरीमा सार्वजनिक गरेको अनुमानअनुसार अफगानिस्तानमा करिब पाँच करोड जनसङ्ख्या मध्ये ५० लाख महिला र बालबालिका यस वर्ष जीवन जोखिममा पार्ने स्तरको कुपोषणको सामना गर्न बाध्य हुनेछन् । पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ । यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ ।

खाद्यान्न तथा इन्धन मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ भइरहेको डब्लुएफपीले जनाएको छ । स्काउका अनुसार, यदि यी अवरोध नभएको भए अफगानिस्तानमा थप १० लाख बालबालिकालाई पोषण सहायता दिन सकिने थियो । उहाँले भन्नुभयो, “यदि हामी आपूर्ति शृङ्खला, ढिलाइ र लागतको समस्यामा नफसेका भए हामी अझै एक लाखभन्दा बढी बालबालिकासम्म पुग्न सक्थ्यौँ ।” डब्लुएफपीले अफगान स्कुलका बालबालिकाका लागि हजारौँ टन पोषणयुक्त बिस्कुट पाकिस्तानमार्फत पठाउने योजना बनाएको थियो । तर सीमा बन्द भएपछि सहायता सामग्रीको मार्ग परिवर्तन गर्नुप¥यो ।

संस्थाले आपूर्तिलाई दुबई र इरान हुँदै पुनः मार्ग परिवर्तन गरेको थियो, तर मध्यपूर्वमा फैलिएको द्वन्द्वका कारण थप अवरोध उत्पन्न भयो । त्यसपछि साउदी अरेबिया, टर्की, जर्जिया र तुर्कमेनिस्तान हुँदै सात देश पार गरेर सामग्री अफगानिस्तान पु¥याउने विकल्प अपनाइएको छ । स्काउले भन्नुभयो, “यो हप्ता सामग्री आइपुग्नेछ, तर यसले महिनौँ समय लियो र हामीलाई निकै ठूलो लागत व्यहोर्नु प¥यो ।” डब्लुएफपीले आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको जनाएको छ ।

संस्थाले अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषको केवल आठ प्रतिशत मात्र हालसम्म सङ्कलन गर्न सकेको छ । स्काउले पूर्वी अफगानिस्तानका ग्रामीण क्लिनिकहरूको अवलोकन गर्दा देखेको अवस्थाबारे भावुक हुँदै गम्भीर कुपोषण भएका बालबालिकासहित महिलाहरू घण्टौँ पैदल हिँडेर उपचारका लागि आउने गरेका तर धेरैलाई सहायता अभावका कारण फर्काउनुपरेको बताउनुभयो ।

“हामीसँग उनीहरूलाई दिन सहयोग थिएन । ती महिलाहरूको निराशा र पीडा मेरो स्मृतिमा लामो समय रहनेछ”, उहाँले भन्नुभयो, “यदि संसारको कुनै एउटा विषयमा सहमति हुनुपर्छ भने त्यो हो—बालबालिकाले भोकले मर्नु हुँदैन।”रासस

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.