• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

  •  आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउनुहुन्थ्यो । विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उहाँ हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी हुनुहुन्छ ।

विष्टले हाल बैठकवापत रु ४०० का दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताउनुभयो । “हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ । हाम्रो मूलध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ”, उहाँले भन्नुभयो । अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी कार्कीले पनि यातायात खर्चवाफतको रकम वृद्धिले काम गर्न थप हौसला मिलेको बताउनुभयो । “साइकल नहुँदा अटो चढेर भए पनि बोलाएको ठाउँमा पुग्दा खर्च बढी लाग्छ ।

पारिश्रमिक रकम धेरै नभए पनि समाजमा महिला स्वास्थ्य स्वयम्सेविकाप्रतिको सम्मान छुट्टै छ, त्यसमा यो निर्णयले थप योगदान पुग्नेछ”, उहाँले भन्नुभयो । यहाँ स्वाथ्य स्वेयंसेविकाले राज्यबाट वार्षिक रूपमा पोसाक भत्तावापत रु १० हजार, सुदूरपश्चिम प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप रु १२ हजार र बेदकोट नगरपालिकाबाट रु १५ हजार पाउने गरेका छन् । “सरकारले यातायात खर्च त बढायो, गाउँकै सेवामा जीवन बिताएका हामी जस्ता देशभरका हजारौँ स्वयंसेविकाका लागि थोरै भए पनि तलव भत्ता बढाइ दिए हुन्थ्यो । त्यसले हालको महँगीको अवस्थामा केही राहत मिल्थ्यो”, कार्कीले भन्नुभयो,“ बिरामी, सुत्केरी र सामान्य स्वास्थ्य समस्या हुँदा गाउँमा हामीलाई सम्झिने र सल्लाह लिने काम अझै धेरै गर्छन्, तर सेवा सुविधा सोअनुसार छैन ।”

सात जना स्वास्थ्य स्वयंसेविका भएको बेदकोट नगरपालिका–८ मा स्वास्थ्य एकाइदेखि वडामा हुने विभिन्न काममा उहाँहरू खटिरहनुभएको छ । स्वास्थ्य स्वयंसेविका सरिता विष्ट आफूले २०६० सालदेखि सेवा गर्दै आएको जानकारी दिँदै अझै पनि धेरैजसो नागरिक प्राथमिक स्वास्थ्य उपचारदेखि विभिन्न जनचेतनामूलक कार्यक्रममा आफूहरूको भूमिका कायमै रहेको सुनाउनुभयो । “वडामा आधारभूत स्वास्थ्य एकाइहरु सञ्चालनमा आएपछि स्वास्थ्य स्वयंसेविकाको काम केही घटे पनि प्राथमिक उपचार र जनचेतनाका काममा अझै पनि नागरिक विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “अझै पनि गाउँमा जीवनजल, जिंक, कण्डमलगायत स्वास्थ्य सामग्रीका लागि स्थानीयहरू आउने गरेका छन् ।”

अन्य स्वास्थ्य स्वयंसेविकाले ६० वर्ष उमेर पार गरेपछि स्वास्थ्य अवकाशमा जाँदा राज्यबाट उचित प्याकेजसहितको सम्मान सुविधा हुनुपर्ने बताएका छन् । “हामी चिकित्सक त होइनौँ, तर अझै पनि गाउँलेहरू ठूलो आशा गरेर हामी कहाँ आउँछन् । हामीले आफ्नो जीवन नै नागरिक सेवामा समर्पित गर्छौँ तर भविष्यको सुरक्षा छैन । यस विषयमा पनि सरकारले सोच्नुपर्छ”, उहाँहरूको भनाइ छ।रासस

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.