• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गाजाका क्यान्सरपीडित बालबालिकालाई खेलकुद र मनोरञ्जनमार्फत राहत

  •  आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

गाजा । युद्ध र रोगको दोहोरो पीडाबाट गुज्रिरहेका गाजाका क्यान्सरपीडित बालबालिकाका लागि शनिबार केही समय खुसी र मनोरञ्जनको वातावरण सिर्जना गरिएको छ । गाजा सहरस्थित अल–रन्तिसी बाल अस्पतालमा स्वयंसेवकहरूले खेलकुद, चित्रकला, अनुहार रङ्ग्याउने तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै बालबालिकालाई मानसिक राहत प्रदान गर्ने प्रयास गरेका हुन् । यो कार्यक्रम गाजावासीका लागि राहत कार्यमा संलग्न इजिप्टेली सहयोग समितिका मनोसामाजिक सहयोग तथा मनोरञ्जन टोलीद्वारा आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी बालबालिकाले खेल खेल्नुका साथै गीत, नृत्य र सिर्जनात्मक गतिविधिमार्फत केही समयका लागि रोग र युद्धको तनाव बिर्सने अवसर पाए । कार्यक्रममा जोकरको भूमिकामा रहेका स्वयंसेवक सुलेमान अबुदले युद्धका कारण गाजाका बालबालिकाले असाधारण कठिनाइ र त्रास भोग्नुपरेको बताउनुभयो । उहाँका अनुसार यस्ता बालबालिकालाई उपचार मात्र नभई मानसिक र सामाजिक सहयोग पनि अत्यन्त आवश्यक छ । खेल्न, हाँस्न र आफ्ना भावना व्यक्त गर्न पाउनु उनीहरूको मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । बालबालिकाका अभिभावकहरूले पनि यस पहलको प्रशंसा गरेका छन् ।

क्यान्सर उपचार गराइरहेका एक बालकका अभिभावक इहसान अब्दुल आलले यस्ता कार्यक्रमले बालबालिकालाई केही समयका लागि भए पनि अस्पताल, उपचार र रोगको वातावरणबाट टाढा लैजान मद्दत गर्ने बताउनुभयो । युद्धका कारण विस्थापित राफिफ अबु ओदाले आफ्नी १२ वर्षीया छोरी समाहलाई महिनौँपछि यति धेरै खुसी देखेको बताउनुभयो । समाहले स्वयंसेवकहरूसँग गीत गाउन र नाच्न पाउँदा आफू बिरामी भए पनि निकै रमाएको प्रतिक्रिया दिनुभएको छ । यो कार्यक्रम गाजामा बढ्दो मानसिक स्वास्थ्य संकटका बीच आयोजना गरिएको हो । दुई वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वका कारण त्यहाँका बालबालिका तथा सर्वसाधारण गम्भीर मानसिक तनावको सामना गरिरहेका छन् ।

गाजाको मानसिक स्वास्थ्य अस्पतालका निर्देशक अब्दुल्लाह अल–जमालले अवस्थालाई अत्यन्त गम्भीर र चिन्ताजनक बताउनुभएको छ । उहाँका अनुसार द्वन्द्वका क्रममा गाजाको एकमात्र मानसिक स्वास्थ्य अस्पताल ध्वस्त भएको छ भने औषधि र विशेषज्ञ चिकित्सकको अभावले उपचार सेवा झन् कठिन बनेको छ । क्यान्सरबाट पीडित धेरै बालबालिकाले समयमै रोग पहिचान र उपचारसमेत पाउन नसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालहरूमा भएको क्षति र अत्यावश्यक औषधिको अभावका कारण धेरै बालरोगीहरू किमोथेरापी, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवाबाट वञ्चित भएका छन् । यसले सामान्य उपचारबाट निको हुन सक्ने अवस्थासमेत दुःखद परिणामतर्फ धकेलिरहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा ११ हजारभन्दा बढी क्यान्सरपीडित बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । विज्ञहरूका अनुसार यस्ता मनोरञ्जनात्मक गतिविधिले गाजाको समग्र मानवीय संकट समाधान गर्न नसके पनि बालबालिकामा देखिएको मानसिक तनाव कम गर्न र उनीहरूलाई केही समयका लागि राहत तथा आनन्दको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।रासस

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.