• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरमा सुकुमवासी

  •  शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

काठमाडौंँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ । सधँै यस्तै त नहोला नि !” वर्षायाम सुरु भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उहाँलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो तर आफ्नो स्वामित्व नभएको ।

सबैको नजरमा परेको तर देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने ठाउँ थियो त्यो । पानी, बिजुली, बाटोघाटो सबै अनौपचारिक । ढल र फोहरमैला सिधैँ नदीमा मिसिंदा त्यसको दुर्घन्धले आफूहरुलाई मात्र नभई उपत्यकावासी नै पिरोलेको थियो । अनेक फोहरमैलासहित प्रदूषित पानी बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कति थरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो हुने थिएन । अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ ।

सुकुमवासीबीच सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कति जोखिममा थियो भनेर । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा चार सय ९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३.५ प्रतिशतमा ग्याष्ट्रिक र सात प्रतिशतमा मानसिक समस्या र ४.५ प्रतिशतमा श्वास प्रश्वाससम्बन्धी देखिएको थियो । सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ । चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये ३८.५ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो । यसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो । यसका अधिकांश कारण खोला किनारको जोखिमपूर्ण जीवन नै थियो ।

प्रदूषित खानेपानी, फोहोर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीहरुमा लामखुुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वभाविकै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला बताउनुहुन्छ । सुकुम्बासी राखिएका छ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका डा बाँस्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ । अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिइरहेको छ । त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो चिज देख्न र पढ्न गाह्रो छ । उहाँलाई लागेको छ, अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यति बेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उहाँ त्रिपुरेश्वस्थित आँखा अस्पताल जानुभयो । त्यहाँका चिकित्सकहरुले तिलगङ्गा आँखा अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन् ।

अब त्यतै गएर उपचार गराउने सुरमा हुनुहुन्छ उहाँ । थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने थियो । अहिले सबैलाई अन्धकारबाट उज्यालोको खोजीमा बसे जस्तो भएको छ । ‘‘सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ने भनेकै छ, किन चिन्ता गर्नु ?’’, उहाँ भन्नुहुन्छ । डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि होल्डिङ सेन्टरमै भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । करिब २० वर्ष थापाथलीको नदी किनारामा बिताएकी ५० वर्षे पुनम मगरलाई केही समयदेखि उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको पनि उहाँ बताउनुहुन्छ । ‘‘धेरै थरीको परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उहाँ भन्नुहुन्छ । त्यहाँबाट अस्पताल पुगेपछि भने महङ्गो औषधिहरु आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उहाँले सुनाउनुभयो ।

अर्का सुकुम्बासी खिमबहादुर मगर अस्पताल पुगेपिछि औषिधि सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउनुहुन्छ । होल्डिङ सेन्टरका सुकुम्बासीहरुमध्ये कतिपय दीर्घरोगी छन् । उनीहरुको नियमित स्वाथ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा भएको थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरुले नियमित स्वाथ्य परीक्षण र परामर्श मात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । होल्डिङ सेन्टरमा भेटिएकी सुवासदेवी पासवान आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटो समेत प्राप्त भएको बताउनुभयो । प्रधानमन्त्रीको कार्यालयकी स्वकीय सचिवालयको उपसचिव प्रकृति ढकाल भन्नुहुन्छ, ‘‘सुकुमवासीसँग गरिएको परामर्श र स्वास्थ परीक्षणबाट रोगमात्र पत्ता लागेको छैन, साथमा रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श निरन्तर भइरहेको छ ।’’ उहाँले क्यान्सर, निमोनिया जस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको पनि जानकारी दिनुभयो । यस्ता जटिलता अन्य सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उहाँले बताउनुभयो । होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदी किनारको दैनिकीले शारीरिक मात्र होइन, मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगतमा अव्यवस्थित र असुरक्षित बसाइले दुवै थरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् ।

दैनिकी बितिरहेको ठाउँ एक्कासी छोडनुपर्दाको केहीले दुःख व्यक्त गरे पनि त्योभन्दा धेरै असुरक्षित बसोबासका कारण थुपै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरुसँग उनीहरुले गरेका अभिव्यक्तिले त्यसको प्रमाण दिएको छ । सुकुमवासीहरुमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छ वटै होल्डिङ सेन्टरमा विशेषज्ञ टोलीसहित थुपै पटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् डा सुलभराज उप्रेती । रासससँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई नै जीवन ठानेर बसेकाहरुलाई केही झट्का अवश्य लागेको छ । तर त्यस्तो बसोबासका कारण थुपै मनोवैज्ञानिक जटिलता भएकाहरु पनि उल्लेख्य देखिए ।’’ मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्यता सम्मिलित टोलीले छ वटै शिविरका गरी छ सयभन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श गरेको थियो । ‘‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या उल्लेख्य थियो’’, उहाँ बताउनुहुन्छ ।

कुराकानीकोबाट आएको निश्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पनि पाइएको जानकारी डा उप्रेती दिनुहुन्छ । परामर्श र सहायतापछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किन समेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उहाँहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता क्रमशः कम हुँदै गएको पाइएको छ । मनो–सामाजिकविद्हरुको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि तयार गरिएको प्रतिवेदनमा विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२.८ प्रतिशत रहेछन् । ती मध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४.६ प्रतिशत रहेको उल्लेख छ । मानसिक समस्याकै कारण ३.३ प्रतिशत आत्महत्याबाट र ३.३ प्रतिशत मदिराजन्य समस्याबाट प्रतिशतले जीवन गुमाएका रहेछन् । त्यसरी खोला छेउ बस्दा कतिबेला के हुने हो भन्ने शान्ति त जीवनमा छँदै थिएन ।

करिब १२ प्रतिशतले आत्महत्याको सोच समेत बनाउन पुगेका रहेछन् । त्यस्तै सात प्रतिशतमा विशेष खालकै मनोरोग सेवा आवश्यक पर्ने अवस्था रहेको जनाइएको छ । प्रतिवेदनका आधारमा चिकित्सकको टोलीले छ वटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिदै आएको छ । खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरुले महशुस गरेका छन् । सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हेरेकसँगको कुराकानी, समस्या पहिचान र त्यसको विश्लेषणका आधारमा वर्षौंदेखि नदी किनारमा जोखिमपूर्ण जीवन बिताउने उनीहरुलाई अब जीवनले नयाँ मोड लिने आशा दह्रो गरी पलाएको देखिन्छ।रासस

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.