• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १८ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

‘औषधिको गुणस्तरमा भिन्नता छैन’

  •  बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो ।

नेपाल औषधि लिमिटेडबाट गरिएको प्रयोगशाला परीक्षणबाट मुटुरोग र मधुमेहका औषधिहरूको प्रभावकारिता र भौतिक गुणस्तरमा कुनै ‘क्लिनिकल’ भिन्नता नभेटिएको प्रतिवेदनले पुष्टि गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार बजारमा धेरै चल्ने औषधिहरू सङ्कलन गरी तीनको उत्पादक कम्पनी र स्रोत (बिमा वा निजी) को पहिचान लुकाएर परीक्षणका लागि पठाइएको थियो । उच्च रक्तचाप र मुटुरोगमा व्यापक प्रयोग हुने ‘एम्लोडिपिन ५ एमजी’ र मधुमेहका बिरामीले प्रयोग गर्ने ‘मेटफर्मिन एचसीएल ५०० एमजी’ को नमूना जाँच गरिएको थियो ।

उच्च रक्तचापको औषधि एम्लोडिपिनतर्फ बजारका फार्मेसी र स्वास्थ्य बिमा प्रणाली दुवैका नमूनामा औषधिको शक्ति (पोटेन्सी) प्रतिशत मापदण्ड भित्रै पाइएको छ । त्यसैगरी, औषधिको समान उपलब्धता (कन्टेन्ट युनिफर्मिटी) र घुलनशीलता (डिजोलुसन)मा समेत दुवै नमूना उत्कृष्ट पाइएका छन् । मधुमेहको उपचारमा प्रयोग हुने मेटफर्मिनको ‘सस्टेन्ड रिलिज म्याट्रिक्स’ (शरीरमा बिस्तारै औषधि घुल्ने प्रक्रिया) दुवै औषधिमा उत्तिकै प्रभावकारी रूपमा सञ्चालित भएको पाइएको छ । औषधि शरीरमा घुल्ने प्रक्रियाका विभिन्न चरणहरू एक घण्टा, तीन घण्टा र १० घण्टामा दुवै नमूनाले लगभग सँगसँगै र समान परिणाम देखाएका छन । यसले गर्दा दुवै औषधिले शरीरमा गर्ने काम र तिनको प्रभावकारितामा क्लिनिकल रूपमा कुनै पनि फरक नरहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल औषधि लिमिटेडका क्वालिटी असुरेन्स इञ्चार्ज हिना श्रेष्ठकाअनुसार ल्याब परीक्षणको अन्तरराष्ट्रिय प्रोटोकल र फर्माकोपिया (औषधिसम्बन्धी आधिकारिक निर्देशिका)को मापदण्ड पालना गरेर यो विश्लेषण गरिएको हो । फर्माकोपियाले तोकेको सीमा, रसायनको मात्रा र निश्चित विधिहरू अवलम्बन गर्दै अत्याधुनिक उपकरणको प्रयोग गरी औषधिहरूको परीक्षण गरिएको थियो । ती सबै परीक्षणमा दुवैतर्फका औषधिहरू तोकिएको मापदण्डभित्रै पूर्ण रूपमा सुरक्षित, सबल र समान गुणस्तरका पाइएकाले यो प्रतिवेदनले बीमाको औषधिको उच्च स्तरलाई वैज्ञानिक रूपमै प्रमाणित गरेको बताइएको छ ।

“स्वास्थ्य बिमाको औषधि कमसल हुने र यसले काम गर्दैन भन्ने गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले यो विशेष अनुसन्धान प्रक्रिया अघि बढाएको हो”, प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले भन्नुभयो । अनुसन्धानको निष्पक्षता कायम राख्न कम्पनीको ब्रान्ड र नाम गोप्य राखेर गरिएको यस परीक्षणले बिमा र निजी बजारका औषधिमा कुनै भिन्नता नदेखाएकाले बिमाको औषधिप्रति शङ्का नगर्न र भ्रममा नपर्न सचिवालयले जनतालाई आग्रह गरेको छ।रासस

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.