काठमाडौं । सिराहाको लाहान प्रादेशिक अस्पतालले सेवाग्राहीलाई दुर्व्यवाहार गर्ने नायब सुब्बा बासुदेव महतोलाई निलम्बन गरेको छ । अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै महतोलाई सोही घटनाका कारण निलम्बन गरेको जनाएको छ ।
कर्मचारीले सेवाग्राहीसँग गरेको व्यवहार गम्भीर रहेको र उनलाई कानुनी दायरामा ल्याउने अस्पताल प्रशासनले प्रतिवद्धता जनाएको छ । अस्पतालको बीमा फाँटमा कार्यरत महतोले बुधवार अस्पतालमा बीमाबापत्को सेवा लिन आएका सेवाग्राहीलाई अपशब्द बोल्दै दुर्व्यवाहार गरेका थिए । महतोसँग सेवा ढिला भएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि उनले दुर्व्यवाहार गर्दै अपशब्द बोलेका थिए ।