• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
आइतबार, मङि्सर २४, २०८०
आइतबार, मङि्सर २४, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • ४ घण्टा 

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
  • १६ घण्टा 

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
  • १७ घण्टा 

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य
  • २२ घण्टा 

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने
  • २२ घण्टा 

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
  • १ दिन 

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक
  • १ दिन 

अस्पताल निर्माणमा दबाब दिन हस्ताक्षर अभियान
  • २ दिन 

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  • २. वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

  • ३. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • ४. लायन्स क्लब अफ नारायणगढ नारायणीद्धारा ह्वील चेयर र कृतिम हातखुट्टा सहयोग

  • ५. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ६. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ७. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

बागलुङमा बर्सेनि देखिँदै छ डेङ्गु

  •  शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

बलेवा । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ ।

उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

“धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर–घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
रोटरीको निःशुल्क स्वास्थ्य शिविर

लोकप्रिय

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

लायन्स क्लब अफ नारायणगढ नारायणीद्धारा ह्वील चेयर र कृतिम हातखुट्टा सहयोग

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

ताजा

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.