• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक १८, २०८३
मङ्गलबार, कार्तिक १८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु
  • ५७ मिनेट 

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
  • १ घण्टा 

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
  • २ घण्टा 

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा
  • २ घण्टा 

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
  • ४ घण्टा 

रुपन्देहीमा निःशुल्क योग साधना अभियान
  • ५ घण्टा 

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन
  • १७ घण्टा 

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु
  • २१ घण्टा 

परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • ३. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • १०. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

  •  मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ । उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिनुभयो ।

डा पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ । त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामीको उपचार तथा औषधि प्रतिरोधी र औषधिप्रति संवेदनशील क्षयरोगका विषयमा आवश्यक परामर्शसमेत प्रदान गरिने उहाँको भनाइ छ । त्यस्तै, निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने सम्बन्धमा आवश्यक उपचार र परामर्शमा समेत विशिष्टीकृत सेवा प्रदान गरिने डा पाण्डेले जानकारी दिनुभयो । डा पाण्डेले फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाइनेसमेत बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी आजैदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले प्रदान गरेको विशिष्टीकृत सेवाबाट फोक्सोसम्बन्धी विभिन्न जटिल तथा दीर्घरोगको उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।रासस

मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

ताजा

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.