• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक १८, २०८३
मङ्गलबार, कार्तिक १८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
  • ४१ मिनेट 

रुपन्देहीमा निःशुल्क योग साधना अभियान
  • १ घण्टा 

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन
  • १४ घण्टा 

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु
  • १८ घण्टा 

परिवार नियोजन सेवाबारे जानकार बन्दै अपाङ्गता भएका व्यक्ति
  • १९ घण्टा 

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • १९ घण्टा 

अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’
  • २३ घण्टा 

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
  • २ दिन 

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • १०. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

  •  मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित

रूपन्देही । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन् ।

गङ्गा कार्कीले झन्डै दुई वर्षअघि सुरु गर्नुभएको निःशुल्क योग साधना अभियान अहिले रुपन्देहीका दर्जनभन्दा बढी स्थानमा विस्तार भएको छ । बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनीलगायत क्षेत्रमा विभिन्न समयमा योग तथा ध्यानका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । व्यस्त दैनिकी, असन्तुलित खानपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीका कारण देखिने स्वास्थ्य समस्याप्रति सचेत गराउँदै नियमित योग अभ्यास गर्ने बानीको विकास गर्न अभियान सञ्चालन गरिएको कार्कीले बताउनुभयो । अभियानमा सहभागी हुनेहरूमा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकसमेत रहेका छन् ।

नियमित योग अभ्यासले शरीरलाई सक्रिय बनाउनुका साथै मानसिक शान्ति, सकारात्मक सोच र अनुशासित जीवनशैली विकास गर्न सहयोग पुगेको सहभागीहरूको अनुभव छ । ओमसतिया गाउँपालिका–४ की ज्योति जिसी नियमित योग अभ्यासबाट आफ्नो स्वास्थ्य र दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ । पहिले शरीर दुख्ने र थकान महसुस हुने समस्या रहेकामा नियमित योग गर्न थालेपछि शरीर हलुका र सहज महसुस हुन थालेको उहाँको अनुभव छ ।

चिकित्सकको सल्लाहअनुसार सुगर तथा थाइराइडसम्बन्धी औषधिको मात्रा घटेको उहाँले बताउनुभयो । योग तथा ध्यानले मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विपश्यना गुरु गङ्गाप्रसाद कोइरालाले बताउनुभयो । नियमित योग र विपश्यना साधनाले मानिसलाई शान्त, सकारात्मक सोचयुक्त र सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने उहाँको भनाइ छ । विपश्यना अभ्यासले व्यक्तिमा आत्मअनुशासन, धैर्य, संयम र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो । मानसिक तनाव व्यवस्थापन र जीवनप्रतिको दृष्टिकोण सकारात्मक बनाउन ध्यान साधना उपयोगी हुने उहाँको धारणा छ ।

भैरहवास्थित नथुमल गिनिया देवी ट्रस्टको भवनमा समेत निःशुल्क विपश्यना साधना सञ्चालन हुँदै आएको स्थानीय सन्तोष रायमाझीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने योग तथा ध्यानका कार्यक्रममा हालसम्म दुई हजारभन्दा बढी व्यक्ति जोडिएको उहाँको भनाइ छ । योग तथा ध्यान अभियानमा सहभागीहरू व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउने अभ्याससँगै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुन थालेका छन् । सामूहिक रूपमा सञ्चालन हुने यस्ता कार्यक्रमले समुदायका मानिसबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकताको भावना विकास गर्नसमेत सहयोग पु¥याएको सहभागीहरू बताउँछन् ।

स्वस्थ समाज निर्माणका लागि नियमित शारीरिक व्यायाम, सन्तुलित खानपान र मानसिक स्वास्थ्यप्रति सचेतना आवश्यक रहेको अभियानमा संलग्नहरूको भनाइ छ । स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायको सहकार्यमा यस्ता निःशुल्क कार्यक्रमलाई निरन्तरता दिन सके सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैलीसँग जोड्न सकिने उनीहरूको विश्वास छ।रासस

मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन
अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

ताजा

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

अफगानिस्तानमा चार दिने पोलियो खोप अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.