नवलपुर । बुलिङटार गाउँपालिका वडा १ स्थित कोटथर स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका र आमाहरूको सहभागितामा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्नुका साथै आमाहरूलाई बालस्वास्थ्य, व्यक्तिगत स्वच्छता तथा सरसफाइसम्बन्धी व्यवहारिक जानकारी दिइएको थियो।
नियमित खोपसँगै सरसफाइ र स्वच्छताको बानी विकास गर्नु बालबालिकालाई विभिन्न रोगबाट जोगाउन आवश्यक रहेको पालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले जानकारी दिनुभयो।
