भौगोलिक हिसाबले ठगिएको गोरखा जिल्ला बिभिन्न समस्या र चुनौतीले जेलिएको छ । बिकास निर्माणका काम मात्र होइन । आम नागरिकले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन पनि त्यति सहज छैन । यसबाट स्वास्थ्य क्षेत्रपनि अछुतो रहन सकेको छैन । समयसँगै जिल्लाको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन आएपनि समस्या र चुनौतीका चाङ् उस्तै छन् । विगत र वर्तमानलाई तुलना गर्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा परिवर्तन हुँदै नभएको भने होइन । केही सकारात्मक परिवर्तन र सुधार भएका छन् । तर जति हुनुपर्ने त्यति छैन । गोरखामा स्वास्थ्य क्षेत्रको इतिहासबारे जानकार भेटिन मुश्किल छ । आफूले भोगेका, देखेका र सुनेका आधारमा केही व्यक्तिहरुको भनाइलाई लिने हो,भने बि.सं. २०१७÷१८ मा गोरखा दरबारमा पहिलो पटक सरकारी हेल्थपोष्ट स्थापना भएको थियो ।
त्यसअघि धामी, झाँक्री र बैद्यको भरमा स्वास्थ्य क्षेत्र टिकेको थियो । दुई जना चिकित्सक टोलीको सहजीकरणमा स्थापना भएको हेल्थपोष्टमा बिरामी विरलै जान्थे । हुन त बि.सं. २०१२÷१३ मा आंँप पिपल मिसन अस्पताल स्थापना भइसकेको थियो । तर बिरामीहरुलाई धामी झाँक्री कै बिश्वास लाग्थ्यो । कतिपयले घरमै जडिबुटीको औषधि बनाएर खाने गर्थे । समयको परिवर्तनसँगै क्रमश स्वास्थ्य क्षेत्रले पनि फड्को मार्दै गयो । गोरखा दरबारमा सञ्चालन भएको हेल्थपोष्ट अस्पतालमा स्तरोन्नति भयो । बिस्तारै वैद्यका आयुर्वेदिक औषधिलाई एलोपेथिक औषधिले बिस्थापित गर्दै लग्यो । त्यसपछि स्वास्थ्य संस्था जानुपर्छ भन्ने ज्ञानको पनि वृद्धि हुँदै गयो । त्यसरी शुरु भएको जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले व्यापक परिवर्तन आइसकेको छ । स्वास्थ्य कार्यालयको तथ्यांँक अनुसार हाल जिल्लाभर दुईवटा सरकारी अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, ६६ वटा स्वास्थ्य केन्द्र, ९४ वटा समुदायिक स्वास्थ्य इकाई छन् । जसमा ४९ वटा बर्थिङ सेन्टर छन् । सुरक्षित सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना पनि बढेको छ ।
विगत र वर्तमानको अवस्थालाई केलाउँदा स्वास्थ्य क्षेत्रमा नगन्य रुपमा सुधार आएकै हो । तर अझै पनि भौगोलिक बिकटता रहेको उत्तरी गोरखामा भने स्वास्थ्य क्षेत्रमा समस्या जस्ताको त्यस्तै छन् । सामान्य उपचारका लागि पनि हेलिकप्टर चार्टर गरेर ठुला शहर धाउनुपर्ने बाध्यताबाट त्यस क्षेत्रका स्थानीयले मुक्ति पाउन सकेका छैनन् । स्वास्थ्य संस्था त छन् । तर कपितयलाई पायक पर्दैन भने सामान्य उपचार र सिटामोल पाउन समेत मुश्किल हुन्छ । सो क्षेत्रका स्थानीयले भोग्नु परेको समस्यालाई हेर्दा लाग्छ उनीहरुले संघीयताको महसुस गर्न पाएका छैनन् । सदरमुकामकै कुरा गर्ने हो भने ५५ शैयाको सरकारी अस्पताल छ । त्यस्तै पालुङटारमा १५ शैयाको अस्पताल छ । बिशेषज्ञ चिकित्सकको दरबन्दी पनि छ । तर सधै रिक्त रहने दरबन्दी पदपूर्ति भने हालसम्म हुन सकेको छैन ।
गोरखा अस्पतालकै कुरा गर्न हो भने कम्तिमा ८ भन्दा बढी बिशेषज्ञको दरबन्दी छ । तर एकाध बाहेक अरु दरबन्दी रिक्त छन् । बिशेषज्ञ चिकित्सकको दरबन्दी भएकै अस्पतालमा आउने अधिकांश बिरामी अन्यत्र रिफर हुन्छन् । स्वास्थ्य क्षेत्रको यो बिडम्वना कहिले सम्म चल्ने हुन । हुन त अस्पतालले अहिले बिभिन्न संघसंस्थासँग समन्वय गरेर बिशेषज्ञ चिकित्सक सेवा दिँदै आएको छ । शल्यक्रिया सेवालाई पनि निरन्तरता दिँदै आएको पनि छ । भौतिक संरचनामा अब्बल समेत बनिसकेको अस्पतालबाट भने केही हदसम्म स्वास्थ्य सेवा लिन जिल्लाबासीले पाएका छन् ।
यी त भए सरकारी स्वास्थ्य संस्थाका कुरा । पछिल्लो समय सदरमुकाम केन्द्रित गरी निजी अस्पतालहरु पनि खुल्ने क्रम बढेको छ । जिल्लाभरको तथ्यांँकलाई हेर्ने हो भने सातभन्दा बढी अस्पताल बनिसकेका छन् । त्यस्तै एक सय एक बेडको एनपिआई गोरखा अस्पताल पनि निर्माणाधिन छ । आवश्यक दक्ष स्वास्थ्यकर्मी जिल्लामै उत्पादन गर्ने र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोल्न लागिएको उक्त अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासमा पक्कै नयाँ आयाम थप्ने विश्वास गरिएको छ । भने निजी क्लिनिक र औषधि पसलहरु पनि बिस्तार हुँदै छन् । भौगोलिक बिकटता भएपनि गोरखा जिल्लाले स्वास्थ्य क्षेत्रमा ठुलै सम्भावना बोकेको कुरालाई नकार्न संिकदैन । यहाँको हावापानी र मौसमलाई अनुकुल मान्न सकिन्छ । शिक्षण अस्पतालको रुपमा बिकसित गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा पनि यस जिल्लाले सहयोग पु¥याउनेमा कुनै दुई मत छैन । बिभिन्न रोग प्रतिरोधात्मक औषधि निर्माणका लागि आवश्यक जडिबुटी पनि जिल्लामा पर्याप्त मात्रामा छ । यसले पनि स्वास्थ्य क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका खोेल्न सहयोग पु¥याउंँछ ।
केही चुनौतिहरु यसमा पनि छन् । तर चुनौतिको सामना गर्दै अघि बढ्ने हो । भने गोरखा जिल्ला स्वास्थ्य क्षेत्रमा ठुलो सम्भावना बोकेको जिल्ला हो , भन्दा फरक पर्दैन । म आफै पनि विगत एक दशकभन्दा बढी समय देखि स्वास्थ्य सेवामा निरन्तर खट्दै आएको छु । स्वास्थ्य नै धन हो । भन्ने मुल नाराका साथ व्यवसायीक भन्दा पनि सेवा तर्फ केन्द्रित हुदै । वि.स. २०६६ सालदेखि नेपाल सरकारसँग स्वीकृत लिई जिल्लामा मेडिकल स्थापना गरेर सेवा दिँदै आएंँ । २०७० सालतिर मेडिकलाई क्लिनिकमा स्तरोन्नति गरी बिरामी जाँच सेवा पनि दिँदै आएको छु । समयसँगै थप सेवा सुविधा सहित सो कामलाई अहिलेपनि निरन्तरता दिइरहेको छु । विपदको समयमा पनि मैले स्वास्थ्य क्षेत्रमा केही सेवा गर्ने अवसर पाएकोमा मलाई गर्व लाग्छ ।
विस. २०७२ सालको गोरखा भूकम्पको समयमा सदरमुकाममा रहेको क्लिनिक बन्द गरेर भूकम्प केन्द्रविन्दु बारपाकसम्म पुगेर त्यहाँका बिरामीको निःशुल्क सेवा गरे । व्यवसायीक भन्दा पनि स्वास्थ्य क्षेत्रलाई मैले सेवामुखी तवरले काम गर्दै आएको छु । कोभिडको समय जुनबेला लकडाउन गरेर मानिसहरुलाई घर बाहिर निस्कन निषेध गरिएको थियो सोही बेला पनि मैले दीर्घ रोगी र अन्य बिरामीका लागी घरघरै पुगेर आवश्यक उपचार र औषधि उपलब्ध गराएको थिएंँ । ग्रामिण भेगसम्म पुगेर मैले सेवा दिएको अनुभव छ ।
आपतकालिन अवस्थामा सेवा गर्नुपर्छ भन्ने उदेश्यले मैले धेरै सहयोग गर्दै आएको छु । जुन अरुले पनि मूल्यांँकंन गरेका छन् । यसरी सेवा दिन पाउँदा म आफैमा सन्तुष्टी पनि छु । तर अझै पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा धेरै सुधारसँगै बिकास हुनुपर्ने देखिन्छ । ग्रामिण भेगसम्मका स्थानीयलाई सहजरुपमा स्वास्थ्य सेवा उपभोग गराउनु आवश्यक देखिन्छ । जिल्लामा उपचार नपाएर अन्य जिल्ला धाउनुपर्ने समस्या अन्त्यका लागी जिल्लामै सबै सेवा उपलब्धताका लागि सरोकारवालाहरुले आवश्यक पहल कदमी चाल्नु जरुरी देखिन्छ । दुरदराजमा रहेको जिल्लावासीलाई पनि स्वास्थ्य सेवाको अनुभूति दिलाउन सक्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ । यसका लागि निजी संस्थाहरुसँग पनि सहकार्य आवश्यक पर्दछ । स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न सके जिल्लाको स्वास्थ्य क्षेत्रमा बिकासमा थप टेवा पुग्ने आशा र विश्वास गर्न सकिन्छ ।
लेखक संगमबाबु श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुको साथै गण्डकी प्रदेशमा पर्ने गोर्खा जिल्लामा करिब एकदशक देखि स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ ।