• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्यमा गोरखा जिल्लाको सम्भावना र चुनौती

  •  बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

भौगोलिक हिसाबले ठगिएको गोरखा जिल्ला बिभिन्न समस्या र चुनौतीले जेलिएको छ । बिकास निर्माणका काम मात्र होइन । आम नागरिकले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन पनि त्यति सहज छैन । यसबाट स्वास्थ्य क्षेत्रपनि अछुतो रहन सकेको छैन । समयसँगै जिल्लाको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन आएपनि समस्या र चुनौतीका चाङ् उस्तै छन् । विगत र वर्तमानलाई तुलना गर्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा परिवर्तन हुँदै नभएको भने होइन । केही सकारात्मक परिवर्तन र सुधार भएका छन् । तर जति हुनुपर्ने त्यति छैन । गोरखामा स्वास्थ्य क्षेत्रको इतिहासबारे जानकार भेटिन मुश्किल छ । आफूले भोगेका, देखेका र सुनेका आधारमा केही व्यक्तिहरुको भनाइलाई लिने हो,भने बि.सं. २०१७÷१८ मा गोरखा दरबारमा पहिलो पटक सरकारी हेल्थपोष्ट स्थापना भएको थियो ।

त्यसअघि धामी, झाँक्री र बैद्यको भरमा स्वास्थ्य क्षेत्र टिकेको थियो । दुई जना चिकित्सक टोलीको सहजीकरणमा स्थापना भएको हेल्थपोष्टमा बिरामी विरलै जान्थे । हुन त बि.सं. २०१२÷१३ मा आंँप पिपल मिसन अस्पताल स्थापना भइसकेको थियो । तर बिरामीहरुलाई धामी झाँक्री कै बिश्वास लाग्थ्यो । कतिपयले घरमै जडिबुटीको औषधि बनाएर खाने गर्थे । समयको परिवर्तनसँगै क्रमश स्वास्थ्य क्षेत्रले पनि फड्को मार्दै गयो । गोरखा दरबारमा सञ्चालन भएको हेल्थपोष्ट अस्पतालमा स्तरोन्नति भयो । बिस्तारै वैद्यका आयुर्वेदिक औषधिलाई एलोपेथिक औषधिले बिस्थापित गर्दै लग्यो । त्यसपछि स्वास्थ्य संस्था जानुपर्छ भन्ने ज्ञानको पनि वृद्धि हुँदै गयो । त्यसरी शुरु भएको जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले व्यापक परिवर्तन आइसकेको छ । स्वास्थ्य कार्यालयको तथ्यांँक अनुसार हाल जिल्लाभर दुईवटा सरकारी अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, ६६ वटा स्वास्थ्य केन्द्र, ९४ वटा समुदायिक स्वास्थ्य इकाई छन् । जसमा ४९ वटा बर्थिङ सेन्टर छन् । सुरक्षित सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना पनि बढेको छ ।
विगत र वर्तमानको अवस्थालाई केलाउँदा स्वास्थ्य क्षेत्रमा नगन्य रुपमा सुधार आएकै हो । तर अझै पनि भौगोलिक बिकटता रहेको उत्तरी गोरखामा भने स्वास्थ्य क्षेत्रमा समस्या जस्ताको त्यस्तै छन् । सामान्य उपचारका लागि पनि हेलिकप्टर चार्टर गरेर ठुला शहर धाउनुपर्ने बाध्यताबाट त्यस क्षेत्रका स्थानीयले मुक्ति पाउन सकेका छैनन् । स्वास्थ्य संस्था त छन् । तर कपितयलाई पायक पर्दैन भने सामान्य उपचार र सिटामोल पाउन समेत मुश्किल हुन्छ । सो क्षेत्रका स्थानीयले भोग्नु परेको समस्यालाई हेर्दा लाग्छ उनीहरुले संघीयताको महसुस गर्न पाएका छैनन् । सदरमुकामकै कुरा गर्ने हो भने ५५ शैयाको सरकारी अस्पताल छ । त्यस्तै पालुङटारमा १५ शैयाको अस्पताल छ । बिशेषज्ञ चिकित्सकको दरबन्दी पनि छ । तर सधै रिक्त रहने दरबन्दी पदपूर्ति भने हालसम्म हुन सकेको छैन ।

गोरखा अस्पतालकै कुरा गर्न हो भने कम्तिमा ८ भन्दा बढी बिशेषज्ञको दरबन्दी छ । तर एकाध बाहेक अरु दरबन्दी रिक्त छन् । बिशेषज्ञ चिकित्सकको दरबन्दी भएकै अस्पतालमा आउने अधिकांश बिरामी अन्यत्र रिफर हुन्छन् । स्वास्थ्य क्षेत्रको यो बिडम्वना कहिले सम्म चल्ने हुन । हुन त अस्पतालले अहिले बिभिन्न संघसंस्थासँग समन्वय गरेर बिशेषज्ञ चिकित्सक सेवा दिँदै आएको छ । शल्यक्रिया सेवालाई पनि निरन्तरता दिँदै आएको पनि छ । भौतिक संरचनामा अब्बल समेत बनिसकेको अस्पतालबाट भने केही हदसम्म स्वास्थ्य सेवा लिन जिल्लाबासीले पाएका छन् ।
यी त भए सरकारी स्वास्थ्य संस्थाका कुरा । पछिल्लो समय सदरमुकाम केन्द्रित गरी निजी अस्पतालहरु पनि खुल्ने क्रम बढेको छ । जिल्लाभरको तथ्यांँकलाई हेर्ने हो भने सातभन्दा बढी अस्पताल बनिसकेका छन् । त्यस्तै एक सय एक बेडको एनपिआई गोरखा अस्पताल पनि निर्माणाधिन छ । आवश्यक दक्ष स्वास्थ्यकर्मी जिल्लामै उत्पादन गर्ने र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ खोल्न लागिएको उक्त अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासमा पक्कै नयाँ आयाम थप्ने विश्वास गरिएको छ । भने निजी क्लिनिक र औषधि पसलहरु पनि बिस्तार हुँदै छन् । भौगोलिक बिकटता भएपनि गोरखा जिल्लाले स्वास्थ्य क्षेत्रमा ठुलै सम्भावना बोकेको कुरालाई नकार्न संिकदैन । यहाँको हावापानी र मौसमलाई अनुकुल मान्न सकिन्छ । शिक्षण अस्पतालको रुपमा बिकसित गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा पनि यस जिल्लाले सहयोग पु¥याउनेमा कुनै दुई मत छैन । बिभिन्न रोग प्रतिरोधात्मक औषधि निर्माणका लागि आवश्यक जडिबुटी पनि जिल्लामा पर्याप्त मात्रामा छ । यसले पनि स्वास्थ्य क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका खोेल्न सहयोग पु¥याउंँछ ।

केही चुनौतिहरु यसमा पनि छन् । तर चुनौतिको सामना गर्दै अघि बढ्ने हो । भने गोरखा जिल्ला स्वास्थ्य क्षेत्रमा ठुलो सम्भावना बोकेको जिल्ला हो , भन्दा फरक पर्दैन । म आफै पनि विगत एक दशकभन्दा बढी समय देखि स्वास्थ्य सेवामा निरन्तर खट्दै आएको छु । स्वास्थ्य नै धन हो । भन्ने मुल नाराका साथ व्यवसायीक भन्दा पनि सेवा तर्फ केन्द्रित हुदै । वि.स. २०६६ सालदेखि नेपाल सरकारसँग स्वीकृत लिई जिल्लामा मेडिकल स्थापना गरेर सेवा दिँदै आएंँ । २०७० सालतिर मेडिकलाई क्लिनिकमा स्तरोन्नति गरी बिरामी जाँच सेवा पनि दिँदै आएको छु । समयसँगै थप सेवा सुविधा सहित सो कामलाई अहिलेपनि निरन्तरता दिइरहेको छु । विपदको समयमा पनि मैले स्वास्थ्य क्षेत्रमा केही सेवा गर्ने अवसर पाएकोमा मलाई गर्व लाग्छ ।
विस. २०७२ सालको गोरखा भूकम्पको समयमा सदरमुकाममा रहेको क्लिनिक बन्द गरेर भूकम्प केन्द्रविन्दु बारपाकसम्म पुगेर त्यहाँका बिरामीको निःशुल्क सेवा गरे । व्यवसायीक भन्दा पनि स्वास्थ्य क्षेत्रलाई मैले सेवामुखी तवरले काम गर्दै आएको छु । कोभिडको समय जुनबेला लकडाउन गरेर मानिसहरुलाई घर बाहिर निस्कन निषेध गरिएको थियो सोही बेला पनि मैले दीर्घ रोगी र अन्य बिरामीका लागी घरघरै पुगेर आवश्यक उपचार र औषधि उपलब्ध गराएको थिएंँ । ग्रामिण भेगसम्म पुगेर मैले सेवा दिएको अनुभव छ ।

आपतकालिन अवस्थामा सेवा गर्नुपर्छ भन्ने उदेश्यले मैले धेरै सहयोग गर्दै आएको छु । जुन अरुले पनि मूल्यांँकंन गरेका छन् । यसरी सेवा दिन पाउँदा म आफैमा सन्तुष्टी पनि छु । तर अझै पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा धेरै सुधारसँगै बिकास हुनुपर्ने देखिन्छ । ग्रामिण भेगसम्मका स्थानीयलाई सहजरुपमा स्वास्थ्य सेवा उपभोग गराउनु आवश्यक देखिन्छ । जिल्लामा उपचार नपाएर अन्य जिल्ला धाउनुपर्ने समस्या अन्त्यका लागी जिल्लामै सबै सेवा उपलब्धताका लागि सरोकारवालाहरुले आवश्यक पहल कदमी चाल्नु जरुरी देखिन्छ । दुरदराजमा रहेको जिल्लावासीलाई पनि स्वास्थ्य सेवाको अनुभूति दिलाउन सक्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्छ । यसका लागि निजी संस्थाहरुसँग पनि सहकार्य आवश्यक पर्दछ । स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न सके जिल्लाको स्वास्थ्य क्षेत्रमा बिकासमा थप टेवा पुग्ने आशा र विश्वास गर्न सकिन्छ ।


लेखक संगमबाबु श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुको साथै गण्डकी प्रदेशमा पर्ने गोर्खा जिल्लामा करिब एकदशक देखि स्वास्थ्यकर्मीको रुपमा कार्यरत हुनुहुन्छ ।

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.