• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ढाड र खुट्टा दुखाईको वैज्ञानिक र नवीनतम उपचार पद्धति

  •  बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

परिचय
संसारमा ढाड नदुख्ने मान्छे सायदै कोही होलार ! विभिन्न वैज्ञानिक अध्ययनहरुले संसारका झण्डै ८० प्रतिशत मान्छेलाई जीवनको कुनै न कुनै समयमा ढाड दुखेको हुन्छ भन्ने तथ्य देखाउँछ । ढाडको दुखाइ टाउको दुखाई पछि हुने दोस्रो नम्बरको स्नायु र नशा सम्बन्धिको रोगमा पर्दछ । धेरैजसो ढाडको दुखाइ केही दिन वा हप्तामा उपचार पछि ठिक हुन्छ र ढाडको दुखाई वयस्कदेखि वृद्धसम्म सबै क्षेत्र, वर्गका मानिसहरुलाई हुने गर्दछ । संसारभरि कुनै पनि समयमा झण्डै ८ प्रतिशत मानिसलाई ढाड दुखेको समस्या पाईन्छ ।

मेरुदण्ड र ढाडको बनावट
मानिसको मेरुदण्डमा एकमाथि अर्को गरेर ३३ वटा हड्डीहरू मिलेर बनेका हुन्छन । दुईवटा हड्डीको बीचमा कुरकुरे हड्डी हुन्छ । मेरुदण्डको हड्डी र कुरकुरे हड्डीहरुलाई रातो र सेतो मांसपेशीहरुले आफ्नो ठाउँमा मिलाएर राखेका हुन्छन् । मानव शरीरको मेरुदण्डको तल्लो हिस्सालाई ढाडको रुपमा लिइन्छ । यसको माथि छातीको भाग रहेको हुन्छ भने तल्लो भागमा खुट्टा अरूसँग सम्पर्क हुने क्रम रहेको हुन्छ । यसमा ५ वटा मेरुदण्डका हड्डी र पाँचवटा कुरकुरे हड्डीहरु रहेका हुन्छन ।

मेरुदण्डले शरीरको तौल थेग्न र मेरुदण्डको चालमा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । यसको बनावटमा बाहिरी पत्र र भित्री पत्र हुने गर्दछन् । भित्री पत्रमा सानो उमेरमा झण्डै ९० प्रतिशत र वयस्कमा ८०दशलब ५ पानी हुन्छ । उमेर बढ्दै गएपछि र मानिसको विभिन्न क्रियाकलापबाट यो पानीको मात्रा बिस्तारै कम भएर कुरकुरे हड्डी विस्तारै कमजोर हुँदै जान्छ । यसैले गर्दा बाहिरी पत्र च्यातिने र भित्री पत्रमा भएका विभिन्न रसायनहरु चुहिएर ढाड र खुट्टामा जाने नसाहरुमा उत्तेजना पैदा गर्दछ र ढाड र खुट्टा दुखाई हुन्छ । यस्तो अवस्थालाई सिएटिका भनिन्छ । बाहिरी पत्र अझ कमजोर भएमा भित्री पत्रको धेरै भाग निस्कन गई खुट्टामा जाने ठुला नशाहरु च्यापिने गर्दछ । यस्तो अवस्थालाई डिस्क प्रोल्याप्स र साधारण भाषामा नशा चेपिएको भनिन्छ ।

ढाड दुखाईका प्रकार
ढाडको दुखाई दुई प्रकारका हुन्छ । जस्तै अल्पकालीन र दीर्घकालीन हुन्छ । कुनै पनि कारणले केही महिना सम्मको दुखाईलाई अल्पकालीन दुखाई भनिन्छ तर करिब २० प्रतिशत मानिसलाई यो दुखाई दीर्घकालीन रुपमा हुन सक्दछ । तीन महिनाभन्दा बढी समय दुख्ने अवस्थालाई दीर्घकालीन दुखाई भनिन्छ । यस्ता बिरामी मानसिक रूपले तनावमा हुने र आफ्नो नियमित कामहरु गर्न नसक्ने हुन्छन् ।

कारणहरू
यिनीहरु मध्ये कुनै एक वा बढी तन्तुहरु तन्किने, खराब हुने वा आफ्नो ठाउँ छोड्ने अवस्थामा ढाडको दुखाई हुन सक्दछ । लामो समयसम्म बस्ने वा गलत आसनमा बस्ने, एक्कासी मासुहरु, मांशपेशीहरु तन्किने वा गह्रुङ्गो सामानहरु खराब तरिकाले उठाउने वा शरीरको तौल धेरै भएर पनि हुन सक्दछ । महिलाहरुलाई गर्भावस्थामा भएको पनि ढाडको दुखाई धेरै हुन सक्दछ । दीर्घकालीन ढाड दुखाईका कारणहरु धेरै हुन सक्दछन् । जस्तै ः सेतो मांशपेशीहरु च्यातिने, जोर्नी खिईने , मेरुदण्डको कुरकुरे हड्डीको बाहिरी पत्र च्यातिने , ढाडको हड्डीहरुको सन्तुलन बिग्रने आदि हुन । यी बाहेक संक्रमण, ट्युमर र वृद्धवृद्धामा हड्डी कमजोर भई कुच्चिएर पनि दीर्घकालीन रुपमा दुखाई हुन सक्दछ ।
निदान
ढाड दुखाईको निदान बिरामीले आफ्नो ढाड दुखाईको बारेमा वर्णन गरेका लक्षणहरू र उसको शारीरिक परीक्षणबाट हुन सक्दछ र यदि लक्षणहरूको विश्लेषण र शारीरिक परीक्षणबाट मात्र दुखाईको कारण निदान गर्न नसकिएमा थप परीक्षणहरू गर्नुपर्ने हुन्छ । डिस्क प्रोल्याप्स भएका बिरामीलाई बस्दा, उभिँदा ढाड र खुट्टा दुख्ने, औंलाहरु निदाउने वा लाटो हुने,ढाडको मांसपेशी कडा हुने आदि लक्षणहरु देखा पर्दछ । यी लक्षणहरु सुत्दा वा आराम गर्दा कम भएर जाने गर्दछ । यस्तो अवस्थाको निदानको लागि ढाडको (एम.आर.आई.) गरेर हेर्नु पर्दछ । साधारण एक्सरेले यस्तो अवस्था देखिँदैन । तसर्थ यस्तो अवस्थाको लागि ढाडमा इन्जेक्सन लगाएर गरिने जाँच गर्न सकिन्छ
उपचार

कुनै पनि ढाड दुखाईको लागि गरिने शुरुको उपचार भनेको आराम गर्ने, नदुख्ने औषधि खाने, शुरुमा चिसो र पछि तातोले सेक्ने हो । दुखाई ठीक भएपछि भविष्यमा ढाड दुख्ने समस्याको कम गर्नको लागि ढाडको मांशपेशीहरु बलियो बनाउने कसरतहरु शुरु गर्नुपर्दछ । यसरी प्रायः सबैजसो अल्पकालीन दुखाई ३ महिना भित्र ठिक हुने गर्दछ ।

दीर्घकालीन ढाड दुखाई औषधि र कसरतले ठिक नभएमा ढाडमा इन्जेक्सन लगाउन सकिन्छ । यस उपचारबाट पनि बिरामीको ढाड र खुट्टाको दुखाइ कम नभएमा आजभोलि दुरवीन प्रयोग गरेर विरामीलाई बेहोस नबनाई भर्ना नगरी बाहिरी पत्र लाई बलियो बनाउने एन्युलोप्लास्टी नशालाई च्यापिएको भाग निकाल्न अप्रेसन गर्न सकिन्छ । तर यदि एकदम नराम्रोसँग नशा चेपिएको छ भने बिरामीलाई खुट्टा र औंलाहरू निदाउने, लाटो हुने, कमजोर हुने, दिशा र पिसाबको नियन्त्रण नहुने, असह्य पिडा, दुखाई हुने गर्दछ । यस्तो अवस्थामा भने शुरुमै अप्रेसन गर्न आवश्यक हुन्छ र यस्तो उपचार गरेर बिरामी २४ घण्टा भित्रै आफ्नै घर फर्कन र केही दिनपछि आफ्नो साधारण कामहरु गर्न सक्दछन् । ८ मिलिमिटर साइजको दुरबीन इन्डोस्कोपीको प्रयोगबाट गरिने यस्तो अप्रेसनमा टाँका लगाउन समेत जरुरत हुँदैन ।
यी बाहेक खासै कारण हुने दुखाइमा पनि यी जोर्नीहरू भित्रै इन्जेक्सन लगाएर यी जोर्नीहरूबाट दुखाईको संवेदना मस्तिस्कसम्म लैजाने नशाहरुमै इन्जेक्सन लगाउने उपचार गर्न सकिन्छ ।

बृद्धबृद्धामा अधिक कमजोर भएको हड्डी कुच्चिएर दुखाई भएमा हड्डीभित्र विशेष किसिमको सिमेन्ट भर्ने उपचार पनि गर्न सकिन्छ । यी उपचारहरु गर्न बिरामीलाई भर्ना हुन र बेहोश बनाउन जरुरी पर्दैन । सबै उपचारहरू बिरामीको ढाडको दुखाईको सटिक कारणको निदान र उपचार गर्ने बिशेष तालिम प्राप्त मेरुदण्ड र स्नायु रोग विशेषज्ञले मात्र गर्न सक्दछन् । यी सबै किसिमका उपचारहरु हामीले नेपालमै उपलब्ध गराइरहेका छौं ।

रोकथाम
हाम्रो हरेक चालमा मेरुदण्डको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले यसको कसरी जतन गर्ने भन्ने कुरा जान्नु आवश्यक छ । कसरी बस्ने, कसरी हिँंड्ने, कसरी उभिने, कसरी सवारी सधान चलाउने, कसरी सुत्ने, कसरी आफ्नो काम गर्ने भन्ने कुरा जान्नु आवश्यक संगै आफ्नो जीवनमा लागु गर्नु पर्दछ । पहिले ढाड दुखेका मानिसलाई यी कुराहरू जान्नु अझ बढी जरुरी छ । आफ्नो ढाडको मांशपेशीहरू बलियो बनाउने कसरतहरू गर्नाले ढाडको दुखाई कम हुन सक्दछ । ढाडको लागि हिँंड्नु र पौडी खेल्नु राम्रा कसरतहरू हुन् तर ढाड दुखेको बेलामा भने पौडी खेल्नु हुँदैन । सामान उठाउँदा खेरी घुँडा खुम्च्याएर ढाडलाई सिधा राख्नु पर्छ । गह्रुुङ्गो सामान उचाल्न र एक ठाउँबाट अर्को ठाउँमा लैजान ट्रलीहरुको प्रयोग गर्नु पर्छ ।

लामो समयसम्म एउटै स्थानमा बसी राख्नु हुँदैन । यसरी बस्यो भने कुरकुरे हड्डीमा धेरै चाप पर्दछ । आधा घण्टासम्म कुनै एउटा आसनमा बसेपछि उठ्ने र केही बेर टहल्नु जरुरी हुन्छ । धेरै नरम कुर्सीमा बस्नु हुँदैन, ठिक्क खालको कडा कुर्सीमा बस्नु पर्दछ । र सुत्दा खेरी एकदम नरम र एकदम कडा खालको होइन, ठिक्क खालको ओछ्यानमा सुत्नु पर्दछ । आफ्नो पेटमा घोप्टो परेर सुत्नु हुँदैन । यसो गर्दा ढाड दुख्ने गर्दछ ।

आफुलाई सजिलो हुने हिसाबले कोल्टो सुत्नु पर्दछ वा सिधा सुत्नु पर्दछ । सिधा सुत्दा घुँडा मुनि सानो तकिया राख्नु राम्रो हुन्छ । यदि केही दिनको औषधि र आरामले पनि ढाडको दुखाई कम नभएमा स्नायु र मेरुदण्ड विशेषज्ञलाई देखाउनुपर्छ ।

लेखक डा. बाल गोपाल कर्माचार्य नेपालको सुन्दर शहर पोखरामा रहेको नेपालकै पुरानो शिक्षण संस्था मणिपाल मेडिकल कलेजमा ११ वर्ष देखि बरिष्ठ न्युरो सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.