सुनसरी । बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीव कुमार शर्मा नियुक्त हुनु भएको छ ।
प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले उहाँको नियुक्ति गर्नुभएको हो ।
प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त हुनुभएको प्रा.डा.शर्माको कार्यकाल मिति २०७९।९।६ देखि लागु हुने गरी ५ वर्षका लागि हुनेछ ।
प्रा.डा.खनालको पदावधि समाप्ति पश्चात् हालसम्म डीन, परीक्षा, प्रा.डा.श्याम थापा क्षेत्रीलाई निमित्त शिक्षाध्यक्षको अतिरिक्त जिम्मेवारी दिइएको थियो ।
त्यसैगरी प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उपदफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्यबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत गर्नु भएको छ ।
मनोनीत हुनुभएको प्रा.डा.झा तथा डा.भट्टराईको कार्यकाल मिति २०७९।९।६ देखि लागु हुने गरी ४ वर्षका लागि हुनेछ ।