• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
  • ६ घण्टा 

संसद् सेवा दिवसका अवसरमा रक्तदान
  • ८ घण्टा 

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
  • ८ घण्टा 

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत
  • ८ घण्टा 

शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १२ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १२ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १ दिन 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १ दिन 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ३. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ४. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

  • ५. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • ६. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ७. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ८. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ९. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • १०. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

खार्पा अस्पताल निर्माण अधुरै

  •  शनिबार, माघ २८, २०७९ मा प्रकाशित

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल अधुरै छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुसार खार्पामा अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई नक्सा पठाएको थियो । रू सात करोड ५७ लाख ५१ हजारको लागतमा ३७ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा महादेव खिम्ती–अन्जान रुजन जेभीले निर्माणको ठेक्का लिएको थियो । विसं २०७७ मङ्सिर १५ मा स्वास्थ्य चौकीलाई दश शय्याको अस्पतालमा रुपान्तरण गर्ने गरी तत्कालीन सांसद विशाल भट्टराई र तत्कालीन गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भवनको शिलान्यास गर्नुभएको थियो ।

भवन निर्माणको करिब २० प्रतिशत काम सकिएपछि मापदण्डअनुसार डिपिआर नभएको पाइएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव श्रेष्ठले बताउनुभयो । रू ९० लाख भुक्तानी निर्माण कम्पनीले लिइसकेको छ । गत जेठदेखि भवन निर्माण ठप्प छ । नयाँ डिपिआर स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने श्रेष्ठको भनाइ छ ।

रावाबेँसीसँगै जिल्लाका चार स्थानीय तहमा २०७७ मङ्सिरमा एकसाथ अस्पताल भवन शिलान्यास गरिएको थियो । अन्य स्थानीय तहमा पनि भवन निर्माणाधीन अवस्थामा छन् । साकेला र केपिलासगढी गाउँपालिकाले भने स्थानीयस्तरमा अस्पताल निर्माण गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा, खोटेहाङ र बराहपोखरीमा हालसम्म अस्पताल नयाँ निर्माण हुन सकेको छैन । रासस

शनिबार, माघ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार
संसद् सेवा दिवसका अवसरमा रक्तदान
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

ताजा

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

संसद् सेवा दिवसका अवसरमा रक्तदान

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.