• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १७ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १७ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • १८ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • १८ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • १८ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • २३ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • २ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • २ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

  •  मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

मनाङ । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ ।

अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो ।

विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल नौ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् ।

चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ कूल नौ सय २९ र विदेशी पुरुष ४२ र महिला २४ गरी कूल ६६ पर्यटकले निःशुल्क सेवा लिएको उहाँले बताउनुभयो । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उहाँले बताउनुभयो ।

“मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सिधैँ माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्”, उहाँले भन्नुभयो, “विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।”

बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । पर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेका उहाँको भनाइ छ । “मनाङ यात्राको क्रममा बिरामी परेर आएका पर्यटकलाई औषधि सहित परामर्श दिने गरेका छौँ”, उहाँले भन्नुभयो । बिरामीलाई सेवा प्रवाह गरिए पनि परामर्श केन्द्र स्थापना गरेर भने सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । लेक लाग्दा हुने झाडापखाला, वान्ता हुने समस्या लिएर आउने पर्यटकलाई सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार यससँगै महिला पाठेघरसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।

पाठेघरको उपचार पूर्ण रुपमा नहुने भए पनि परामर्श र प्रिस्क्राब भएका औषधि उपलब्ध भएसम्म बिरामीलाई दिइने गरेका उहाँले बताउनुभयो । थप समस्या देखिएमा बिरामीलाई सम्बन्धित चिकित्सक वा अस्पतालमा उपचारका लागि जान परामर्श गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जोर्नी दुख्ने, श्वासप्रश्वास, उच्च रक्तचाप, रुघाखोकी, लेक लागेर झाडापखाला, वान्ता लगायतका चिसोका कारण हुने समस्या भएका बिरामीलाई एक्यापले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ ।

पदयात्राका लागि मनाङ पर्यटक आउने समय भएको छ । यसवर्ष हिमपात कम भएकाले पर्यटक अफ सिजनमा पनि आइरहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “दैनिक रुपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्”, उहाँले भन्नुभयो ।

पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेशन म्याप (स्थानको नक्सा) निर्माण गरिएको उहाँले बताउनुभयो । “हिमपात भइरहने हो मनाङ, गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोष्टिङ, आवश्यक सङ्केत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन्”, उहाँले भन्नुभयो ।

पाँच हजार चार सय १६ मिटर उचाइमा रहेका कथोराङ्ला जाने पदमार्ग र पाँच नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालसम्मको पदमार्गमा सेतो, पहेँलो र निलो रङका पोल राखिएको छ । उक्त क्षेत्रमा तीन÷चार फिटसम्मको हिमपात हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी बाटो पहिचानका लागि विभिन्न रङको पोल राखिएको आयोजना प्रमुख गौतमले बताउनुभयो ।

उहाँका अनुसार सहज रुपमा बाटो पहिचान होस् र पर्यटकलाई यात्रा सजिलो बनाउने उद्देश्यले पोल राखिएको हो । बाटोको भौगोलिक अवस्थाअनुसार एक पछि अर्को स्थानको पोल देखिने गरी उक्त क्षेत्रमा पोल राखिएको आयोजनाले जनाएको छ । पोल राखिदा पटकपटक उक्त मार्गबाट यात्रा गरिसकेका पर्यटकले बाटो पुरिदासमेत पहिचान गर्न सक्छन् भने पहिलो पटक जाने पर्यटकलाई बाटो पहिचान गर्न सहज हुनेछ । रासस

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.