चितवन । भरतपुर अस्पताल रोडमा अत्यधुनिक सेवा सहितको डेण्टल तथा एस्थेटिक क्लिनिक (छालासम्बन्धि) सञ्चालनमा आएको छ । चारजना चिकित्सकको २५ लाखको संयुक्त लगानीमा उक्त क्लिनिक सञ्चालनमा ल्याईएको हो ।
एउटै छानामुनि डेन्टल र अनुहारको छाला सम्बन्धि सेवा दिने उद्धेश्यसहित सभ्यश्री डेण्टल एण्ड एथेस्टिक क्लिनिकले सोमबारबाट सेवा सुरु गरेको हो । कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, विशिष्ट अतिथि चितवन प्रहरी प्रमुख रामेश्वर कार्की, अतिथिमा अफिनका अध्यक्ष नारायणसिंह कुंवर लगायतका व्यक्तित्व थिए । क्लिनिकको शुभारम्भ वडाध्यक्ष खनालले गरे ।
सो अवसरमा बोल्दै खनालले सेवाग्राहीको भावनालाई बुझेर सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।
उनले भरतपुरको मुटुमा रहेको यो क्षेत्रमा नाफामुखी भन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिए ।
प्रहरी प्रमुख, एसपी रामेश्वर कार्कीले भरतपुर जस्तो स्वास्थ्यको हव क्षेत्रमा सञ्चालनमा आएको क्लिनिकले उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे ।
अफिनका अध्यक्ष कुँवरले दात र अनुहारले सौन्दर्यता झल्काउने भन्दै पछिल्लो समय यसका विरामी हरु पनि संवेदनशील बन्दै गएको बताए ।
डाक्टर रस्ना श्रेष्ठ र डा उन्नति जिसी, डा सुरेश श्रेष्ठ र डा सुनिल रानाभाटको संयुक्त लगानीमा सञ्चालनमा आएको क्लिनिलले नयाँ प्रविधिको प्रयोगबाट सेवा दिने छ ।
क्लिनिक सञ्चालनमा आएसँगै दाँत तथा अनुहारको छाला सम्बन्धी सेवा लिनका लागि सेवाग्राहीलाई थप सहज हुने डा रसना श्रेष्ठले बताईन । उनका अनुसार डेण्टल क्लिनिकले दाँत सम्बन्धी सबै प्रकारका विशेषज्ञ सेवा तथा बालबालिकालाई पनि उत्कृष्ट सेवा दिइने छ ।
क्लिनिकमा डेण्टिस्ट सर्जन र डेण्टल हाइजेनिष्टबाट हरेक दिन सेवा प्रदान गरिने अर्का सञ्चालक डा उन्नति जिसीले जानकारी दिईन । हाईड्राफेसियल विधिबाट छालामा कुनै असर नगर्ने गरि चायांँ, पोतो, दाग हटाईने उनको भनाई छ । क्लिनिकमा किराले खाएको दाँतमा नदेखिने गरी सिमेन्ट भर्ने, दाँतको एक्स–रे गर्ने, बाङ्गाटिङ्गा नमिलेका दाँतहरुलाई मिलाउने, दाँत नभएको ठाउँमा नचिनेनी गरी स्थायी तथा अस्थायी दाँत लगाउने, बालबालिकाको दुखेको दाँतको उपचार गर्ने, सबै दाँत लगाउने सेवा क्लिनिकमा उपलब्ध हुनेछन ।
क्लिनिकले शुभारम्भको अवसर पारेर एक साताको लागि दुबै उपचारमा १५प्रतिशत छुटको समेत व्यवस्था गरेको जानकारी दिएको छ ।



