• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
  • २० घण्टा 

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
  • २१ घण्टा 

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
  • २३ घण्टा 

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
  • २३ घण्टा 

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • ३ दिन 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • ३ दिन 

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
  • ३ दिन 

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु
  • ३ दिन 

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • २. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ३. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ४. स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • ५. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • ६. पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  • ७. चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

  • ९. मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

  • १०. लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

  •  बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

भक्तपुर । भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो । उहाँका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो ।

प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताउनुभयो । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।

निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गर्नुभयो । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताउनुभयो । उहाँका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ ।

अस्पतालका मेसु डा गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ ।

अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाउनुभयो । उहाँले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिनुभयो ।

अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि निःशुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ निःशुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिनुभयो ।

त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार निःशुल्क हुने गरिएको उहाँको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् ।

हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।”

कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उहाँले बताउनुभयो । भक्तपुर, ८ चैत (रासस) : भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो । उहाँका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो ।

प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताउनुभयो । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।

निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गर्नुभयो । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताउनुभयो । उहाँका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ ।

अस्पतालका मेसु डा गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ ।

अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाउनुभयो । उहाँले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिनुभयो ।

अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि निःशुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ निःशुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिनुभयो ।

त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार निःशुल्क हुने गरिएको उहाँको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् ।

हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।”

कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उहाँले बताउनुभयो । रासस

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

लोकप्रिय

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

ताजा

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.