• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आर्थिक अभावले भोजपुर अस्पतालको आइसियु सञ्चालनमा समस्या

  •  शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

टक्सार (भोजपुर) ।दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ ।

अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सञ्चालनमा आउन नसकेको आइसियु सेवा सञ्चालन हुने वातावरण बनाइदिन माग गरेको हो । प्रमुख चिकित्सक रिजालले गत आर्थिक वर्ष २०७८÷७९ मा कोभिड सङ्क्रमण रोकथाम तथा महामारी व्यवस्थापन कार्यक्रमअन्तर्गत विनियोजित भएको रकमबाट आवश्यक सामग्री खरिद गरी आइसियु कक्ष तयारी अवस्थामा राखिएको भए पनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तयारी अवस्थामा रहेको आइसियु सेवा सञ्चालनका लागि कतैबाट पनि सहयोग नपाएपछि हामीले जिल्लाका नौवटै पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सेवा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छौँ ।” रु दुई करोडभन्दा धेरै लगानी गरेर बनाइएको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा आउन नसक्दा बिरामीसमेत सहज उपचार पाउनबाट वञ्चित भएका छन् ।

सेवा सञ्चालनको तयारी अवस्थामा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट समेत उचित बजेट व्यवस्थापन हुन नसक्दा दक्ष जनशक्ति व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिकरुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य जटिल किसिमका बिरामीलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष तयारी अवस्थामा छ ।

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा आएको सेवा सञ्चालनका लागि स्थानीय पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिन्छ ।” अस्पतालका अनुसार सेवा सञ्चालनका लागि नौजना दक्ष जनशक्तिको आवश्यकता रहेको छ ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “एक मात्र जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि जिल्लाका मन्त्री तथा सांसदसँग छलफल गर्न जरुरी छ, तर पालिकाहरुले पनि त्यसमा के कसरी सहयोग गर्न सकिन्छ भनेर पालिकासभामा छलफल गराउनुपर्छ ।”

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यस्थापनका लागि मासिक तलब भत्ताका लागि रु नौ लाख ८० हजार पाँच सय २२ आवश्यक पर्ने अस्पताल प्रमुख रिजालले जानकारी दिनुभयो । रासस

शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.