• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवनमा ८ महिनामा झण्डै ६ सय जनामा क्षयरोग

  •  सोमबार, चैत १३, २०७९ मा प्रकाशित

चितवन । चितवनमा ८ महिनामा झण्डै ६सय जनामा क्षयरोग देखिएको छ । चालु आर्थिक वर्ष (०७९,८०) को फागुन मसान्त सम्ममा ५ सय ९२ जनामा क्षयरोग देखिएको हो । गत आर्थिक बर्षमा जिल्लामा १ हजार १९६ जनामा क्षयरोग देखिएकोमा ३१ जना बालकालिकामा सङ्क्रमण भेटिएको कार्यालयको तथ्याङ्क छ । यस्तै आर्थिब वर्ष २०७७÷०७८ मा जिल्लामा सङ्क्रमितको संख्या ८ सय ९३ रहेको थियो । जस मध्ये १८ जना बालबालिका रहेका थिए भने चालु आर्थिक बर्षको फागुनसम्ममा ८ जना बालबालिकामा क्षयरोग देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दवाडीका अनुसार सङ्कमित बालबालिका मध्ये भरतपुर महानगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा २ जना, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा १÷१ जना रहेका छन् । १४ वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । बालबालिकामा बढि संख्यामा ग्रन्थी, पेट र आन्द्रा,गिदी र रगतमा क्षयरोग देखिने गरेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित सबै बालबालिकाले नियमति औषधिको सेवन गरिरहेको उहाँको भनाई छ । ६ महिना सम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने उहांँले बताउनु भयो

‘माइकोव्याक्टेरीयम टुबर क्लोसिस’ नामक किटाणुका कारण यो रोग लाग्ने गर्दछ । बालबालिकामा स्वासप्रश्वास र जुो खाने कुरा खाँदा सर्ने दर बढ्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि हुने गरेको छ । बिद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गर्छ ।’ दुवाडीले भन्नुभयो ।

क्षयरोग लाग्दा दुई हप्ता वा सो भन्दा बढी समय सम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुव्लाउँदै जानु, खकारमा रगत देखिनु मुख्य लक्षण रहेको दवाडीले बताउनुभयो । यो रोग लागेमा नियमित ६ महिना औषधि सेवन गर्नु, स्वास्थ्य कर्मीको निगरानीमा रहनु, समय समयमा खकार जाँच गर्न सके निको हुने उहाँले जानकारी दिनुभयो ।

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.