• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जुम्लाका ग्रामीण क्षेत्रमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत

  •  सोमबार, चैत १३, २०७९ मा प्रकाशित

जुम्ला ।जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलङ्गाबाट सबैभन्दा टाढा पर्ने गाउँ बस्ती छन् ।

यस क्षेत्रको भेरीखोलामा धेरैजसो पशुचौपाया पालन गरिन्छ । कच्ची बाटो खनिए पनि नियमितरूपमा सवारीसाधन चल्दैनन । बिजुली नहुँदा यहाँका नागरिक रातमा अँध्यारोमै बस्न बाध्य छन् । भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भए पनि विशेषज्ञ चिकित्सक सेवा पाउँदैनन् । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका चार सय पाँच स्थानीयवासी लाभान्वित भएका छन् ।

आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट वञ्चित विपन्न नागरिकको राहतका लागि ‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तर्गतको बजेटबाट स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ । दुई दिने स्वास्थ्य शिविरको पहिलो दिनमा दुई सय ५० र दोस्रो दिनमा एक सय ५५ गरी चार सय सय पाँच जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य सेवा लिएका हुन् । महिला दुई ५१ र पुरुष एक सय ५४ जनाले परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष चौलागार्इंले बताउनुभयो ।

बाह्र गर्भवतीले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिएको वडाध्यक्ष तिलक रावलले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–७ की ८० वर्षीया रामकली रावतले गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार पाएकामा यहाँका स्थानीयवासीलाई निकै राहत गरेको बताउनुभयो ।

“शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिएँ”, रावतले भन्नुभयो, “कर्णाली स्वास्थ्य विज्ञानमा गएर उपचार गर्ने खर्च थिएन । गाउँमै डाक्टर आउँदा खुसी लाग्यो । हामी बूढाबूढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन ।”

घरमै पालिकाले चिकित्सक ल्याएर उपचार सेवा दिएकोमा स्थानीय सरकारले गरेको नमूना काम भएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासँग अध्यक्ष कार्यक्रमको रु पाँच लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिलेसम्मकै ठूलो र सबै रोगको परीक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता भएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्नेलगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डा पुजन रोकायाले बताउनुभयो । शिविरमै तीन जनाको शल्यक्रियासमेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा बिझेर इन्फेक्सन भएका कारण जटिल स्वास्थ्य समस्या रहेका तीन बिरामीको शल्यक्रिया गरिएको डा रोकायाले जानकारी दिनुभयो ।

दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.