• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

  •  शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक ।अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ ।

स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम (लर्न)मार्फत अपाङ्गता भएका बालबालिका केन्द्रित समावेशी शिक्षालाई प्रवद्र्धनका लागि प्रविधियुक्त शिक्षणमा जोड दिइएको हो । सिकाइको समावेशी ढाँचामा आधारित शैक्षिक विधिको विकास र विस्तार गर्दै विद्यमान पहुँचयुक्त शैक्षिक स्रोतबाट समान उपलब्धि हासिल गर्न सघाउने विश्वासका साथ प्रविधियुक्त शिक्षण लागू गरिएको हो ।

कार्यक्रमअन्तर्गत हाल काभ्रेपलाञ्चोकको पाँच स्थानीय तहमा रहेका अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने विद्यालयका यस्तो सिकाइ विधि अपनाइएको हो ।

बनेपास्थित काभ्रे बहिरा माध्यमिक विद्यालयको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले प्रविधियुक्त शिक्षण विधिले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा निकै सहजता प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार कार्यक्रमबाट प्राप्त टेलिभिजन, ट्याब, विभिन्न पाठ्यक्रमका एप तथा विविध शैक्षिक सामग्रीबाट अपाङ्गताअनुसार शिक्षण गरिँदै आइएको छ ।

“कार्यक्रमले शिक्षकलाई तालिम दिएपछि शिक्षणमा थप सहजता भएको छ भने अपाङ्गता भएका विद्यार्थी रुचिपूर्वक अध्ययनमा ध्यान दिएका छन्”, नकर्मीले भन्नुभयो ।

प्रविधियुक्त शिक्षण विधिले बौद्धिक अपाङ्गता भएका बालबालिकाको बानी–व्यवहारमा केही मात्रामा परिवर्तन हुँदै गएको आदर्श बाल विकास केन्द्र (बौद्धिक अपाङ्गता विशेष स्कुल)को प्रधानाध्यापक मैया वैद्यले बताउनुभयो । उहाँले भन्नुभयो, “डिस्प्लेमार्फत अध्ययन प्रकृतिका, हाँस्य र खेलजन्य सामग्रीको प्रस्तुतिले उनीहरूको एकोहोरोपन केही कम हुँदै गएको पाएका छौँ ।” उहाँका अनुसार विद्यालयमा प्रदान गरिएका सामग्रीले विद्यार्थीको आक्रामक शैलीलाई नियन्त्रण गर्न सहयोगी भएको छ । केन्द्रमा बौद्धिक अपाङ्गता भएका ३८ बालबालिका छन् ।

काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरका अपाङ्गता बालबालिका भएका विद्यालयका कार्यक्रम लागू गरिएको हो । लक्षित विद्यालयका सम्पूर्ण बालबालिकाका र अपाङ्गता भएका शिक्षकमा समेत कार्यक्रमले समेटेको छ ।

बनेपा नगरपालिका शिक्षा शाखाले आफ्ना क्षेत्रमा कार्यक्रम सञ्चालित विद्यालयमा इन्टरनेट सुविधा तथा दुई विद्यालयमा विज्ञान प्रविधि ल्याब व्यवस्थापन गरेको छ । शाखा प्रमुख शिवराज त्रिपाठीले नगरभित्रका विद्यालयमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिई अन्य विद्यालयमा लागू गर्न प्रक्रिया थालिने बताउनुभयो ।

त्रिपाठीका अनुसार कार्यक्रम सञ्चालनपश्चात अपाङ¬्गता भएका बालबालिकाको पढाइ क्षमतामा सुधारसँगै त्यस शिक्षणमा शिक्षकको क्षमता अभिवृद्धि हुँदै गएको छ । “शिक्षकको शिक्षण क्षमता सुधार हुनु भनेको आउने अपाङ्गता भएका बालबालिकाको शैक्षिक भविष्यलाई सफल बनाउनु हो”, त्रिपाठीले भन्नुभयो । उहाँले कम आर्थिक व्यवस्थापनले समेत अपाङ्गता भएका बालबालिकाको शिक्षण सुधार गर्न सकिने भएकाले अन्य स्थानीय तहलाई अनुशरण गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रम बागमती प्रदेशको चार जिल्लामा लागू गरिएको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोकसहित काठमाडौँको सात नगरपालिका, ललितपुरको एक उपमहागरपालिका र एक नपा र धादिङको एक नपा र दुई गाउँपालिका छन् ।

कार्यक्रममार्फत पाँच सय ८१ अपाङ्गता भएका बालबालिका, छ हजार दुई सय ९५ प्रारम्भिक तहका बालबालिका, ४९ विद्यालय र ९६ शिक्षक लाभान्वित भएको कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिनुभयो । रासस

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.