• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

  •  बुधबार, चैत २२, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो ।

केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए । अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए । केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताउनुभयो । “चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो । चालु आवमा हालसम्म बनेपा सेवा केन्द्रबाट मात्रै १५ हजार जनाले सेवा लिइसकेका छन् ।

जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलटार, दाप्चा, बालुवा आयुर्वेद औषधालय, नागरिक आरोग्य केन्द्र भुम्लु, बेथानचोक, मण्डननेउपुर र पनौतीमार्फत बिरामीलाई आयुर्वेद उपचार सेवा प्रदान गरिएको डा कौडिन्यायनीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र, विभिन्न स्थानमा रहेका आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत जिल्लामा रहेका बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ ।”

आयु्र्वेद उपचार सेवाअन्तर्गत जिल्लामा बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवन कार्यक्रम तथा ल्याब सेवा प्रदान गर्दै आएको छ । औषधालय र आरोग्य केन्द्रले ल्याबबाहेकका सेवा प्रदान गर्दै आएका छन् ।

यसैगरी केन्द्रमार्फत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि समावेश गरिने भएको छ । डा कौडिन्यायनीका अनुसार नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने छ । बनेपामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि रु पाँच करोड विनियोजन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आएको उक्त बजेटबाट प्रारम्भिक चरणमा २५ शय्याबाट सेवा प्रदान गरिने र क्रमशः ५० शय्याको अस्पताल बनाइने बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । अस्पतालका लागि बनेपा नगरभित्र जग्गा व्यवस्थापन गरिनेछ । काभ्रेपलाञ्चोकमा केही महिनाअघि जिल्ला नागरिक आरोग्य समिति पनि गठन गरिएको छ । रासस

बुधबार, चैत २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.