• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

  •  शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले वायु प्रदूषणका कारणले फोक्सोलाई कति असर गर्दछ भन्ने जानकारी गराउन र सचेतना फैलाउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखिएको बताउनुभयो । उहाँले दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युका कारणमध्ये एक रहेको र यसबाट लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणले हुने गरेको जनाउँदै वायु गुणस्तर खस्कँदै गएकाले वायु प्रदूषण कम गर्न चेतना फैलाउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले वायु प्रदुषणसँगसम्बन्धी कानुनलाई कडाइका साथ पालना गरेर उपत्यकाको वायु प्रदूषण घटाउनुपर्ने बताउनुभयो ।

उपत्यकामा चल्ने पुराना गाडी र इँटाभट्टाले धेरै नै वायु प्रदूषण गराउने उहाँको भनाइ थियो । कार्यक्रम विश्वस्वास्थ्य सङ्गठन नेपालका प्रमुख राजेश पाण्डवले वायु प्रदूषणले फोक्सोमा असर गरिरहेकाले त्यसबारे जानकारी गराउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा एफएचआइ तीन सय ६० नेपालका प्रमुख भगवान श्रेष्ठले वायु प्रदुुषणले स्वास्थ्यमा ठूलो समस्या आएकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो दैनिक वायु प्रदूषणले कति खराब हुन्छ भन्ने देखाउने बताउनुभयो ।

उहाँले कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणका समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायत सचेतना फैलाइने जानकारी दिनुभयो ।

मन्त्रालयको मूलद्वारमा एकातिर रातो रङ्ग स्वस्थ फोक्सो र अर्काेतिर सेता रङ्गको कृत्रिम फोक्सो राखिएको छ । दैनिक वायु प्रदूषणले सेता कृत्रिम फोक्सोलाई कसरी असर पर्दछ भन्ने देखाइनेछ । “तीस दिनको अवधिमा मन्त्रालयको मूलद्वारमा राखिएको जोडी फोक्सोेको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउने छ”, उहाँले भन्नुभयो, “उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।”
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मन्त्रालयमा कृत्रिम फोक्सो राख्नुका साथै सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्नेबारेमा पनि जनचेतना फैलाइने बताउनुभयो ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो । रासस

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.