• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ७ मिनेट 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १२ मिनेट 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • १९ मिनेट 

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १८ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १८ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • २० घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २१ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • २३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

  •  आइतबार, चैत २६, २०७९ मा प्रकाशित

रामपुर (पाल्पा) । यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ ।

विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।

आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी प्याड अभावको समस्या देखाउँदै छात्रा घर जाने गरे तापनि अहिले भने सो समस्या नभएको विद्यालयका लैङ्गिक सशक्तीकरण समिति संयोजक तथा शिक्षक विनिता भट्टराईले बताउनुभयो । विद्यालयमा सेनिटरी प्याड जुनसुकै समयमा उपलब्ध हुन थालेपछि बीचमै कक्षा छाडेर घर जानेक्रम अहिले शून्यमा रहेको उहाँले बताउनुभयो ।

“पहिला महिनावारी हँुदा लाज र डरका कारण बताउन नसक्ने, महिनावारी भएपछि विद्यालय नआउने, विद्यालयमा आएर महिनावारी भएमा बीचमै कक्षा छाडेर घर जाने प्रचलन थियो”, शिक्षक भट्टराईले भन्नुभयो, “अहिले भने सो दर शून्यमा ल्याउन सफल भएका छौँ ।”

महिनावारीका बेला केही समस्या परेमा विद्यालयभित्रै स्वास्थ्य कक्षसहित एकजना स्वास्थ्यकर्मी (नर्स शिक्षक) को व्यवस्थाका साथै जुनसुकै समयमा पनि प्याड प्रयोग गर्ने सक्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । उहाँका अनुसार एक÷एक महिनाको अवधिमा सेनिटरी प्याडलाई खाल्डोमा माटोले पुरेर राख्ने गरिएको छ ।

“अहिले महिनावारीको समस्या देखाएर विद्यालय नआउने समस्या छैन । छात्रा महिनावारी हुँदा निर्धक्कसँग समस्या बताएर घर जाने गरेका छन्, नियमित विद्यालय आउने वातावरण तयार पारेपछि उनीहरुमा आत्मबल बढ्नुका साथै डर, त्रास हटेको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा हाल ४५ शौचालय प्रयोगमा छन् । जसमध्ये पाँच छात्रामैत्री शौचालय सेनिटरी प्याड व्यवस्थापनका लागि प्रयोगमा ल्याइएको छ । सानादेखि ठूला कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको उचाइअनुसार फरकफरक खालको शौचालय व्यवस्थापन गरिएको छ । रासस

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.