• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेदद्वारा मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू

  •  मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो ।

बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख डा वंशबदा कौण्डिन्यायनीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले कार्यक्रम सुरु गरिएको हो । “मधुमेह, उच्च रक्तचाप र मिर्गाैला रोग लाग्नै नदिन अभियान सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रले बहिरङ्ग सेवाअन्तर्गत निःशुल्क स्वास्थ्योपचार तथा परामर्श, विभिन्न २३ प्रकारका औषधिको निःशुल्क वितरण, स–शुल्क फार्मेसी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन, मातृशिशु स्वास्थ्य प्रवद्र्धन, पञ्चकर्मअन्तर्गत पूर्वकर्म सेवा, प्रयोगशाला परीक्षण, आयुर्वेदले निर्देश गरेको जीवनशैलीसम्बन्धी परामर्श, योगअन्तर्गत आसन, प्राणायाम तथा ध्यानलगायतका सेवा प्रदान गर्दै आएको छ । जिल्लामा धुलिखेल, दाप्चा, बालुवा, मङ्गलटार आयुर्वेद औषधालय तथा खरिबोट, मण्डन नागरिक आरोग्य सेवा केन्द्र, भुम्लु गाउँपालिका र नागरिक आरोग्य सेवा केन्द्र बेथानचोक गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको छ ।

गत फागुन दोस्रो सातादेखि नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रअन्तर्गत उक्त अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गर्दै आएको छ । उक्त कार्यक्रममा रु दुई हजार दुई सयमा निःशुल्कबाहेक पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, फोक्सो, छातीको एक्सरे, इसिजी र युएसजी जाँच भइरहेको छ ।

स्थानीय तहको सिफारिसका आधारमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत र आश्रित नागरिकलाई प्रदेश सरकारले निःशुल्क स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउने भएको हो । कार्यक्रमअन्तर्गत हरेक साताको एकपटक परीक्षण हुने छ । यसलाई विस्तारै वृद्धि गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।

मन्त्रालयले प्रदेशभरका अस्पतालका लागि सरकारले चालु आर्थिक वर्षभित्र स्वास्थ्य नीति तयार गर्ने तथा जनशक्तिको ‘ओएनएम सर्भे’ तयारी गर्ने र प्रदेशभित्रका सबै अस्पतालमा पूर्वाधारअनुसारको जनशक्ति र उपकरण व्यवस्था गर्ने योजना बनाएको छ । यस्तै सरकारले बिरामी र अशक्त भएका ज्येष्ठ नागरिकको उपचार सेवाका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएर उपचार गराउने गरी स्थानीय स्वास्थ्य संस्थामार्फत जनशक्ति व्यवस्थापन गर्नेसमेत योजना बनाएको छ । रासस

मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.