• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

  •  बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

जाजरकोट ।जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माणको सम्झौता मिति सकिन तीन महिना बाँकी रहदा नगर अस्पतालको लामो समयदेखि अलपत्र परेको छ ।

विसं २०७७ असारमा माउण्टेन इन्फा कम्पनी लिमिटेड लाजिमपाट काठमाडौँले नगर अस्पताल निर्माणका लागि गरेको सम्झौतामा २०८० असार मसान्तभित्र अस्पताल निर्माण भइसक्नुपर्नेछ । कूल १५ शय्याको अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षभित्रै व्यवसायीले काम छोडेका थिए । एक तला निर्माण गरी बीचमै काम छाडेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

भवन निर्माणमा खटिएका व्यवसायीले डिपिआर नै गलत भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । भवन निर्माण भइरहेको ठाउँ अत्यन्तै भिरालो भएकाले समस्या भएको उनीहरुको भनाइ छ । भवनको माथि र तल दुबै ठाउँमा भासिएपछि थप अर्को समस्या आइलागेको छ । अवैज्ञानिक तरिकाले ठाउँ छनोट गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाको भनाइ छ ।

अस्पताल निर्माण भइरहेको ठाउँमा दुई हजार मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गरेका छन् । डिपिआर नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाले बताउनुभयो । डिपिआर निर्माण गर्ने टिम, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अन्योलता छाएको उहाँले बताउनुभयो ।

पहिरो रोकथाम नगरी भवन निर्माण अघि बढ्न सक्ने अवस्था नभएकाले थप रकम आवश्यक पर्ने उहाँको भनाइ छ । जसका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । भवन रु १८ करोड लागतमा निर्माण भइरहेको उहाँको भनाइ छ

भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरुसँग नभएको जनप्रतिनिधि बताउँछन् । एलाइट इञ्जिनियरिङ सोलोसन काठमाडौँले उक्त डिपिआर गरेको इञ्जिनियर प्रेम केसीले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त रु १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले कामको सुरु गरेका थिए ।

कूल रु १९ लाख खर्च गरेर बनाएको डिपिआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्नेमा चिन्ता उत्पन्न भएको कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा भएका प्राविधिक कमजोरीका कारण अहिले एकले अर्कालाई दोष लगाउँदै जिम्मेवारीबाट सबै पन्छिन् खोजेको सर्वसाधाणको आरोप छ ।

भवन निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाजे पनि गलत डिपिआरका कारण निर्माण पूरा हुने वित्तिकै आफूलाई समस्या आउने बताउँदै आएका छन् । अहिले भाडाको निजी विद्यालय रहेको छेडागाड नगरपालिका– ११ थलमहानगर अस्पतालको काम चलिरहेको छ । झार्पा स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको पुनः निजी विद्यालयमा सारिएको छ ।

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । नगर अस्पतालको भवन समयमै निर्माण नहुँदा काम गर्न समस्या भएको भन्दै एक वर्षदेखि डाक्टरसमेत नगर अस्पतालमा छैनन् । दर्ता नै नभएको निजी विद्यालय र जग्गा किन्ने भन्दै सामाजिक विकास समितिले निर्णय गरेको थियो । उक्त निर्णय लागू हुन नसक्ने भन्दै विवाद उत्पन्न भएपछि निजी विद्यालयमा रहेको नगर अस्पतालले भाडासमेत निजी विद्यालयलाई नदिएको स्रोतले बताएको छ ।

भाडा नपाएपछि निजी विद्यालय सञ्चालकले अस्पताल अन्यत्र सार्न दबाब दिएका थिए । दबाबपछि झार्पास्थित स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको थियो । अहिले फेरि निजी विद्यालयमै नगर अस्पताल सारिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्सरे, इसिजि, भेन्टिलेटर र अक्सिजन प्रयोगमा आउन सकेको छैन । बन्दकोठामा उक्त सामग्री थन्क्याएको छ ।

नगर अस्पतालले सबै सामग्री प्रयोगमा रहेको भन्दै महाशाखामा गलत विवरण पठाइरहेको स्रोतले बताएको छ । स्वास्थ्यको अवस्था लथालिङ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले बताउनुभयो । रासस

बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.