• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

  •  बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

जाजरकोट ।जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माणको सम्झौता मिति सकिन तीन महिना बाँकी रहदा नगर अस्पतालको लामो समयदेखि अलपत्र परेको छ ।

विसं २०७७ असारमा माउण्टेन इन्फा कम्पनी लिमिटेड लाजिमपाट काठमाडौँले नगर अस्पताल निर्माणका लागि गरेको सम्झौतामा २०८० असार मसान्तभित्र अस्पताल निर्माण भइसक्नुपर्नेछ । कूल १५ शय्याको अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण सुुरु भएको एक वर्षभित्रै व्यवसायीले काम छोडेका थिए । एक तला निर्माण गरी बीचमै काम छाडेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

भवन निर्माणमा खटिएका व्यवसायीले डिपिआर नै गलत भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । भवन निर्माण भइरहेको ठाउँ अत्यन्तै भिरालो भएकाले समस्या भएको उनीहरुको भनाइ छ । भवनको माथि र तल दुबै ठाउँमा भासिएपछि थप अर्को समस्या आइलागेको छ । अवैज्ञानिक तरिकाले ठाउँ छनोट गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाको भनाइ छ ।

अस्पताल निर्माण भइरहेको ठाउँमा दुई हजार मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गरेका छन् । डिपिआर नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाले बताउनुभयो । डिपिआर निर्माण गर्ने टिम, नगरपालिका र निर्माण व्यवसायीबीचमा छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अन्योलता छाएको उहाँले बताउनुभयो ।

पहिरो रोकथाम नगरी भवन निर्माण अघि बढ्न सक्ने अवस्था नभएकाले थप रकम आवश्यक पर्ने उहाँको भनाइ छ । जसका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । भवन रु १८ करोड लागतमा निर्माण भइरहेको उहाँको भनाइ छ

भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरुसँग नभएको जनप्रतिनिधि बताउँछन् । एलाइट इञ्जिनियरिङ सोलोसन काठमाडौँले उक्त डिपिआर गरेको इञ्जिनियर प्रेम केसीले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त रु १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले कामको सुरु गरेका थिए ।

कूल रु १९ लाख खर्च गरेर बनाएको डिपिआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्नेमा चिन्ता उत्पन्न भएको कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा भएका प्राविधिक कमजोरीका कारण अहिले एकले अर्कालाई दोष लगाउँदै जिम्मेवारीबाट सबै पन्छिन् खोजेको सर्वसाधाणको आरोप छ ।

भवन निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खाजे पनि गलत डिपिआरका कारण निर्माण पूरा हुने वित्तिकै आफूलाई समस्या आउने बताउँदै आएका छन् । अहिले भाडाको निजी विद्यालय रहेको छेडागाड नगरपालिका– ११ थलमहानगर अस्पतालको काम चलिरहेको छ । झार्पा स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको पुनः निजी विद्यालयमा सारिएको छ ।

भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । नगर अस्पतालको भवन समयमै निर्माण नहुँदा काम गर्न समस्या भएको भन्दै एक वर्षदेखि डाक्टरसमेत नगर अस्पतालमा छैनन् । दर्ता नै नभएको निजी विद्यालय र जग्गा किन्ने भन्दै सामाजिक विकास समितिले निर्णय गरेको थियो । उक्त निर्णय लागू हुन नसक्ने भन्दै विवाद उत्पन्न भएपछि निजी विद्यालयमा रहेको नगर अस्पतालले भाडासमेत निजी विद्यालयलाई नदिएको स्रोतले बताएको छ ।

भाडा नपाएपछि निजी विद्यालय सञ्चालकले अस्पताल अन्यत्र सार्न दबाब दिएका थिए । दबाबपछि झार्पास्थित स्वास्थ्यचौकीमा नगर अस्पताल सारिएको थियो । अहिले फेरि निजी विद्यालयमै नगर अस्पताल सारिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्सरे, इसिजि, भेन्टिलेटर र अक्सिजन प्रयोगमा आउन सकेको छैन । बन्दकोठामा उक्त सामग्री थन्क्याएको छ ।

नगर अस्पतालले सबै सामग्री प्रयोगमा रहेको भन्दै महाशाखामा गलत विवरण पठाइरहेको स्रोतले बताएको छ । स्वास्थ्यको अवस्था लथालिङ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गबहादुर रोकायले बताउनुभयो । रासस

बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.