• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
  • १५ घण्टा 

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
  • १६ घण्टा 

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते
  • १८ घण्टा 

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
  • १८ घण्टा 

बघौडा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
  • ३ दिन 

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार
  • ३ दिन 

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
  • ३ दिन 

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु
  • ३ दिन 

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. १८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

  • २. भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

  • ३. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • ४. स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

  • ५. जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

  • ६. पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  • ७. चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८. स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

  • ९. लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

  • १०. मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

राष्ट्रपतिको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख

  •  बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी छ ।

चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले बताएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्धति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ तर, ऐन कानून नै नबुझेजस्तो गरी राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ ।

सचिवालयले यस प्रकारका भ्रामक सूचना र दुष्प्रचारको पछि आमनेपाली दिदीबहिनी तथा दाजुभाइ लाग्नुहुने छैन भन्नेमा विश्वस्त रहेको जनाउँदै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गरेको छ । रासस

बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

लोकप्रिय

१८ बुँदे भैरहवा घोषणापत्र जारी गर्दै राष्ट्रिय मुटु तथा फोक्सो समाजको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

ताजा

एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले वृद्धि

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.