काठमाण्डौ । ईशान बाल तथा महिला अस्पतालले आफ्नो भवनमा सरेको पहिलो वार्षिकोत्सवको शुभ अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अस्पताल र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा अस्पतालले आफ्नै भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
रक्तदान कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मदन गुरुङ, अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।
अस्पतालका वरिष्ठ वाल सल्य चिकित्सक तथा निर्देशक डा.रामनन्दनप्रसाद चौधरीका अनुसार रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।
अस्पतालको आफ्नो ब्लड बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापन भइसकेकाले चाँडै नै ब्लड बैंक सञ्चालन गरी आवश्यक पर्ने रगतको व्यस्थापन गरिने अस्पतालका महाप्रबन्धक भक्तबहादुर शाहीले बताउनुभयो ।



