• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कुष्ठरोग निवारण अभियानमा स्थानीय तहको चासो

  •  बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

राँझा ।बाँकेमा बढ्दो मात्रामा रहेको कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

कुष्ठरोगमुक्त समाज निर्माणका लागि नेपाल सरकारले अगाडि सारेको लक्ष्यलाई पूरा गर्न आवश्यक रणनीतिका साथ योजना बनाएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले जानकारी दिनुभयो । उहाँले कुष्ठरोग निवारणका लागि खजुरामा वडास्तरबाटै योजना बनाएर लाग्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई आग्रह गरेको बताउनुभयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले अहिले पनि समाजमा सुसुप्त अवस्थामा रहेको कुष्ठरोग निवारणका लागि सामाजिक सचेतनालगायत आवश्यक योजना बनाइएको बताउनुभयो । आगामी आवदेखि बजेटको व्यवस्था गरेर गाउँपालिकामा कुष्ठरोगी खोजपडताल अभियान सञ्चालन गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी पार्न आवश्यक समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा कुष्ठरोगका बिरामी बढिरहेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आवदेखि कुष्ठरोग निवारण अभियानलाई प्राथमिकतामा पारेर गतिविधि गरिने बताउनुभयो ।

बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । “पाँच वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ, तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये तीन प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीको प्रयासबाट मात्रै कुष्ठरोग निवारण सम्भव छैन, यसमा स्थानीय सरकारले चासो देखाउनु खुसीको कुरा हो ।”

उहाँका अनुसार बाँकेमा अहिले कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रतिदश हजारमा शून्य दशमलव ८४ रहेको छ । यो चालु आव २०७९÷८० चैतसम्मको तथ्याङ्क हो । अघिल्लो आव २०७८÷७९ मा व्यापकता दर एक दशमलव चार रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिकामा कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रति दशहजारमा एक दशमलव पाँच रहेको छ । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक दशमलव तीन, डुडुवामा शून्य दशमलव ९१, राप्ती सोनारीमा शून्य दशमलव ७२, खजुरामा शून्य दशमलव ६१, नेपालगञ्जमा शून्य दशमलव ४७ र बैजनाथमा शून्य दशमलव सात रहेको छ ।

यसैगरी बाँकेमा आव २०७९÷८० को चैतसम्म कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाख जनसङ्ख्यामा आठ दशमलव चार छ । अघिल्लो आव २०७८÷७९ मा यो दर १४ रहेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति नेपालीले बताउनुभयो ।

बाँकेमा जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र आइएनएफले कुष्ठरोग रोकथाम तथा निवारणका लागि काम गर्दै आएका छन् । आव २०७८÷७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको आइएनएफद्वारा जानकी गाउँपालिकामा सञ्चालित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताउनुभयो । रासस

बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.